आज बिशवमा चीन चौतर्फीरुपमा जीवन्त र जोडदार किसिमले एक समुन्नत समाजको निर्माणको दिशामा दृढतापूर्बक र अपूर्बरुपमा अग्रसर हुँदै गरेको देखिन्छ । यस परिप्रेक्षमा चीनले एक पछि अर्को जुन महत्वपूर्ण अर्थ–सामाजिक कार्यक्रम, नीति र कदमहरु अघि सार्दै र सफलतकासाथ निनलाई सम्पन्न गर्दै अघि बढेको छ त्यसले चिनीया समाजलाई मात्र होइन बिश्वलाई नै आशाबान बनाएको छ ।
निश्चय नै चिनियाँ आधुनिकीकरणको गहन र गम्भीर लक्ष्य एक अत्यन्तै महत्वपूर्ण र महत्वाकांक्षी प्रयास हो नै । त्यो लक्ष भेदनले अबश्य पनि चीनलाई मात्र होइन चीन र विश्व दुवैका लागि दूरगामी प्रभाव पार्छ । यस यस सम्बन्धि केही महत्वपूर्ण अन्तर्दृष्टिका सम्बन्धमा दृष्टिपात गर्नु तथ्यपरक र बस्तुगत यथार्थ हुन्छ ।
सुपरिभाषित र स्पष्ट चिनियाँ आधुनिकीकरणः
चिनीयाँ आधुनिकीकरण भन्नाले त्यो प्रष्टरुपमा प्रक्रियालाई बुझाउँछ जसद्वारा चीनले आफूलाई समृद्ध, सुदृढ, लोकतान्त्रिक, सांस्कृतिक रूपले उन्नत, सौहार्दपूर्ण र सुन्दर महान् आधुनिक समाजवादी देशमा आफुलाई रूपान्तरण गर्ने महान र ठोस लक्ष्य राखेको छ । यस दृष्टिकोणले आर्थिक विकास, सामाजिक स्थिरता, वातावरणीय दीगोपन र समग्र कल्याण सहित विभिन्न महत्वपूर्ण र आधुनिक आयामहरू समावेश गर्दछ।
प्राप्त ऐतिहासिक उपलब्धिहरूः
यस सन्दर्भका सर्सरी हेर्दा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्वमा चीनले आधुनिकीकरणको दिशामा निकै आश्चर्यजनकरुपमा उल्लेखनीय फड्को मारेको छ । यो यथार्थलाई बिश्वले पनि स्वीकार गरिसकेको र गरिरहेको छ ।

चीनको गतिमान प्रगतिमा अनेक उल्लेखनीय उपलब्धिहरू समावेश छन् ।
प्रथमतः आर्थिक विकासको सर्बोपरी महत्वपूर्ण क्षेत्रमा चीनले दीर्घकालीन सामाजिक स्थायित्व कायम गर्दै तीव्र आर्थिक वृद्धि हासिल गरेको छ र गरिरहेको छ ।
दोश्रो महत्वपूर्ण कुरा चीनले गरीबी उन्मूलन गरेर देशले निर्धारण गरेको प्रथम शताब्दी लक्ष्य पूरा गर्दै करोडौं करोड मानिसहरूलाई निरपेक्ष गरिबीबाट सफलतापूर्वक माथि उठाएको छ। यो सर्बाधिक महत्वपूर्ण अर्थ–राजनीतिक तथा सामाजिक–साँसकृतिक बिकासको आयाम पनि हो ।
तेश्रो, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका कदमहरुलाई औंल्याउन सकिन्छ। यस सम्बन्धमा जुन कदमहरु चीनले विश्वको सबैभन्दा ठूलो सामाजिक सुरक्षा र स्वास्थ्य सेवा प्रणाली स्थापनाको प्रतिमान कायम गरेको छ । त्यसले विशाल जनसंख्यालाई फाइदा सुनिश्चितरुपमा लाभान्बित बनाएको छ ।
चौथो महत्वको कुरा चीनले बिकाससँगै वातावरणीय संरक्षण र प्रबद्र्धनको बिश्व चासो र चिन्तको गुरुत्तर उत्तरदायित्व पनि लिएको छ । चीन आज अभूतपूर्बरुपमा हरित र दीगो विकासका लागि प्रतिबद्ध छ, कार्बन उत्सर्जन कम गर्न र सन् २०६०÷६१ सम्ममा कार्बन तटस्थताको लक्ष्य पूरा गर्ने संकल्प गरेको छ ।
पाँचौ महत्वपूर्ण कुरा चीनले चरणबद्ध रणनीतिक योजना अघि सारको छ । यस सम्बन्धमा चिनीयाँ कम्युनिष्ट पार्टीले दुइ चरणको रणनीतिक योजनाको रुपरेखा प्रस्तुत गरेको छ ।
चरणबद्धरुपमा प्रस्तुत गरिएको त्यो पहिलो लक्ष हो २०२० देखि २०३५को समयाबधिमा चीनलाई समाजबादी आधुनिकीकरणको उच्चाईमा पदार्पण गराउने लक्ष ।
अनि दोश्रो लक्ष हो – २०३५ देखि २०५० सम्ममा चीनलाई परिभाषित बिशेषता सहीतको महान तथा आधुनक समाजबादी समुन्नत देशमा परिणत गर्ने र बिकसित तुल्याउने ।
यसरी चीनले सर्बतोमुखी समुन्नत अर्थ–राजनीतिक एबं सामाकि साँस्कृतिक बिकासको सार्बभौमा मान खडा गर्ने दिशा लिदै जाने लक्ष राखेको देखिन्छ । यसरी चीनले चिनीयाँ शैलीको आधुनिकीकरणले चीनको मात्रै होइन बिश्वकै ‘साझा सम्बृद्धि’मा जोड दिदैछ र सम्पूर्ण मानब जातिका लागि बिश्वब्यापी मूल्यहरु प्रतिबिम्बित गर्न खोजिरेको छ । यसबाट चीन शान्ति, बिकास, समानता, न्याय र जनतनत्रलाई बढावा दिन्छ र मानब सभ्यता उच्च बिकासका लागि एउटा भिन्न आधुनिक नयाँ मोडेल(प्रतिमान) कायम गर्न खोजेको छ भन्ने प्रष्ट देखिन्छ ।
यसरी चीनले चिनीयाँ आधुनिकीकरणको माध्यमबाट विश्वव्यापी प्रगति, शान्ति र पारिस्थितिकीय सभ्यतामा योगदान पुर्याउन खोजेको देखिन्छ । त्यसैले चीनले आफ्नोे उद्देश्य मानव जातिको लागि साझा भविष्यको समुदाय सिर्जना गर्नु हो भन्ने गरेको छ ।
यद्यपि चीनका पनि ठूल्ठूला समस्या नभएका होइनन् । आयमा असमानता र बढ्दो भ्रष्टाचारका गम्भीर समस्या त्यहाँ पनि देखापरेका छन् । यी दुइटा समस्यालाई चीनले राम्रोसँग बुझेको र त्यसको सही समाधानको खोजी पनि निरन्तर गरिरहेको छ ।
त्यसैले अन्ततः सारांशमा बिश्वका चिनीयाँ स्थिति गतिको चिन्ता र चासो लिने बस्तुबादी बिश्लेषहरुले भनिरहेका छन् कि चिनियाँ आधुनिकीकरणले समृद्ध, सौहार्दपूर्ण र दीगो भविष्यतर्फको बहुआयामिक यात्राको प्रतिनिधित्व गर्दछ। यसको प्रभाव चीनको सीमाभन्दा बाहिर धेरै परसम्म फैलिएको छ र यसले विश्व विकासको मार्गलाई आकार दिइरहेको छ र दिनेछछ ।