शनिबार, आश्विन १७ गते २०८३

नबिर्सौँ देशको माटो छ आस्था अस्मिता हाम्रो

आश्विन ८, २०७८ शुक्रबार
नबिर्सौँ देशको माटो छ आस्था अस्मिता हाम्रो
nepal-flag-big.jpg
-इन्द्रनारायण सुबेदी
बहर:- हजज मुसम्मन सालिम
(विधाता छन्द)
१२२२ १२२२ १२२२ १२२२
============================
छुरा कैँची करौँतीले चलाए देश चल्ने भो
यिनै औजारको सत्ता छ यो कैल्यै नढल्ने भो।१।
हराए वीरका गाथा पुजारी कर्मयोगीका
चुहेको स्वेदले माटो धराको यो नगल्ने भो।२।
यहाँका छद्मभेषीले कसैको पाउ पुज्दै छन्
पुजेका पाउले कुल्ची धराको रूप छल्ने भो।३।
रजौटा मस्त निद्रामा नशा खाएर मात्तिन्छन्
यिनैको भाग्य मात्रै यो तमासाले बदल्ने भो।४।
भिखारी सर्मछाडाको उदाङ्गो नृत्य हेर्नेले
नचाई हातमा राखी सधैँ कुल्चेर दल्ने भो।५।
नबिर्सौँ देशको माटो छ आस्था अस्मिता हाम्रो
अझै छोडे यिनैलाई चुलो हाम्रो नबल्ने भो।७।
================================
(अभ्यास स्थल :--प्रतिभा निकुञ्ज )