राती ९/१० बजेको समयमा गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णणगर र बि.ओ.पि.कृष्णनगर कपिलवसतुबाट खटिएको संयुक्त टोलीले तस्करी गर्न लागिएको मटर र गाडी नियन्त्रणमा लिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.०१ दृष्टान्त पेट्रोलपम्प नजिक पुगेको अवस्थामा कृष्णनगर चन्द्रौटा सडक खण्डको पूर्व किनारामा स्टार्ड गरी राखेको UP 35 T 2453, UP53 T3658, UP 71 T 1184, UP 55 T 1254, र UP 55T 0966 नं.को ट्रक चेकजाँच गर्दा नेपालबाट भारत तर्फ निकासी गरी लैजान लागिएको हरियो मटर (केराउ) फेला परेको थियो । यस्तै कृष्णनगर नगरपालिका मै भन्सार कार्यालयका कर्मचारी द्वारा थप दुइ ट्रकमा लुकाइराखेको अवस्थामा हरियो मटरलाइ गाडी सहित नियन्त्रणमा लिइएको छ ।
नेपाल प्रहरी द्वारा नियन्त्रणम लिइएको गाडीबाट करीब २७ लाख बराबरको अन्दाजी २२५ क्विन्टल हरियो केराउ (मटर) फेला परेको छ भने भन्सार कार्यालयबाट नियन्त्रणमा लिएको गाडीबाट करीब २ लाख ७० हजार बराबरको ३९ क्विन्टल हरियो केराउ ( मटर ) फेला परेको छ । नेपालमा बिदेशबाट अनुदान र सहुलियतमा हरियो केराउ आयात हुने हुँदा यहाँ भारत भन्दा सस्तोमा मटर उपलब्ध हुनेगरेको छ । त्यसैले नेपालबाट भारतमा लामो समय देखि ठुलो परिणाममा मटर तस्करी हुने गरेको छ । नेपालबाट कानूनी रुपमा भन्सार गरि मटर निर्यात गर्न समेत सरकारले प्रतिबन्ध लगएको अवस्था छ । बिचमा केहि समय मटर तस्करी कम भएको आकलन गरिरहेको बेला नेपाल प्रहरीको पछिल्लो सफलताले अझैपनि मटर तस्करी गर्ने गिरोह सक्रिय रहेको भन्ने पुष्ठि गरेको छ ।
नेपाल प्रहरी द्वारा फेला पारी नियन्त्रणमा लिइएका ६ वटा गाडीको मुल्य करिब ७५ लाख जति हुने अनुमान गरिएको छ भने मटर करिब २७ लाखको हाराहारीमा रहेको छ । नेपाल प्रहरी द्वारा नियन्त्रणमा लिइएका गाडी र मटर आवस्यक कारबाहीका लागी आन्तरिक राजस्व कार्यालय बुटवलमा पठाइएको छ ।
यसैगरी भन्सार प्रमुख जनार्दन पौडेलले भन्सार कार्यालय कृष्णनगरले नियन्त्रणमा लिइएको गाडीबाट बरामद गरिएको करिब २ लाख ७३ हजार बराबरको मटरलाइ रित पुरा गरि भन्सारले नै लिलामि गर्ने छ ।