आइतबार, आश्विन १८ गते २०८३

महालेखापरीक्षक नियुक्तिमा ट्रान्स्परेन्सी इण्टरनेशनलको गम्भीर ध्यानाकर्षण

चैत्र २१, २०८० बुधबार
महालेखापरीक्षक  नियुक्तिमा ट्रान्स्परेन्सी इण्टरनेशनलको गम्भीर ध्यानाकर्षण

ट्रान्स्परेन्सी इण्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज एक बक्तब्य प्रकाशित गर्दै राज्यको गम्भीर ध्यानाकर्षण गराएकी छन्। उनले राज्यका कुनै पनि उच्च पदमा नियुक्ति गरिदा स्वार्थको द्वन्द्व नहुने र सुशासनमा खलल नपर्ने कुरा सुनिश्चित गरिनुपर्ने बारे औंल्याउँदै सरकारका बिभिन्न उच्च पदमा रहेर काम गरिसकेका तोयम रायालाई महालेखा परीक्षककारुपमा सिफारिश गरिएकोमा यो ध्यानाकर्षण गराएकी हुन् ।

रायाको नियुुक्ति सर्बोच्च लेखापरीक्षक जस्ता निकायहरुको अन्तर्राष्टिय संगठन (ईण्टोसाई)बाट जारी नैतिक आचरणसँग संगतिपूर्ण नहुने जोखिम रहेको देखिएको र आफुले गरेको काम आफैले परीक्षण गर्ने (सेल्फ रिभ्यू) जोखिमहरु रहे नरहेको मान्यता र अभ्यास रहेको उल्लेख गर्दै यस्तो जोखिम रहेको अबस्थामा लेखा परीक्षण बिश्वसनीय नहुने सम्भावना बिद्यमान रहेको बक्तब्यमा बताइएको छ । तोयम राया स्वयं अर्थसचिव, उपराष्ट्रपतिको कार्यालय सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीकारुपमा कार्यरत रहेको जसको लेखाउत्तरदायी उहाँ स्वयं नै हो भन्ने दर्शाउँदै उहाँकाे यो नियुक्ति लेखापरीक्षणको स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाले औल्याइएको छ । अध्यक्षको बक्तब्यको बिवरण निम्नानुसार छ ।

Padminipradhanaga.jpg