शनिबार, आश्विन १७ गते २०८३

बीआरआईको आठौं वार्षिकोत्सव:बिश्वका देशहरू अझ घनिष्ट साझेदार बन्ने

आश्विन ५, २०७८ मंगलबार
बीआरआईको आठौं वार्षिकोत्सव:बिश्वका देशहरू अझ घनिष्ट साझेदार बन्ने

आठ वर्षअघि चिनियाँ राष्ट्राध्यक्ष शी जिनफिङले कजाकिस्तान र इण्डाेनेिशयाकाे भ्रमणमा तटवर्ती मुलुकसँग रेशम मार्ग आर्थिक बेल्ट र २१ औँ शताब्दीको समुद्रिक रेशम मार्गको संयुक्त निर्माण गर्ने महत्वपूर्ण निर्णय प्रस्ताव प्रस्तुत गरेका थिए।

हाल “बेल्ट एण्ड रोड” वर्तमान विश्वमा सबैभन्दा व्यापक तथा ठूलो अन्तर्राष्ट्रिय सहयोग मञ्च बनेको छ। नयाँ विकास चरणमा प्रवेश गरी नयाँ विकास विचारधारा लिँदै नयाँ विकास प्रारुप निर्माण गरिरहेको चीनले बेल्ट एण्ड रोडमार्फत विश्वका लागि अझ बढी अवसर सिर्जना गरिरहेको छ। चीनले आर्थिक तथा सामाजिक विकासको १४ औँ पञ्च वर्षीय योजनालाई व्यवहारमा उतार्दै एक आधुनिक समाजवादी देशको चौतर्फी निर्माणका लागि शुरुवाती अाधार सिर्जना गरेको छ। जसबाट बेल्ट एण्ड रोड सम्बन्धी सहयोगत्मक साझेदारी र सम्पूर्ण विश्वका लागि अझ बढी बजारमूलक अवसर ल्याउने छ। यसप्रति चिनीयाँ राष्ट्राध्यक्ष शीले भनेका छन् :नयाँ शुरुवातमा हामीले शान्ति,विकास,सहयोग,साझा फाइदा जस्ता सिद्धान्त लिँदै नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई प्रवर्द्धन गर्नुपर्छ। मानव भाग्यको समुदायिक जग निर्माण गर्दै बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नुपर्छ।

BRI.jpg

आठ वर्षयता बेल्ट एण्ड रोड नामकाे याे निर्णयले विश्वका विभिन्न मुलुकलाई ठूलो लाभ ल्याएको छ। हालसम्म चीनसँग बेल्ट एण्ड रोड सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गर्ने मुलुकको संख्या १४० पुगेको छ। चीन र बेल्ट एण्ड रोड सम्बन्धी सहयोगात्मक साझेदारीबीचको व्यापार रकम ९२ खर्ब अमेरिकी डलरभन्दा बढी छ। चिनियाँ व्यवसायले सम्बन्धित तटवर्ती मुलुकमा प्रत्यक्ष लगानी लगाएको रकम १ खर्ब ३० अर्ब अमेरिकी डलर रहेको छ। जसले बेल्ट एण्ड रोड नै वर्तमान विश्वमा सबैभन्दा व्यापक र सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहयोग मञ्च बनेको प्रष्ट हुन्छ ।

हाल अन्तर्राष्ट्रिय सहयोगात्मक सहमति लिएको बेल्ट एण्ड रोड निर्णय प्रस्ताबले झन झन बढी राष्ट्र र अन्तर्राष्ट्रिय संगठनको विश्वास र समर्थन पाउदै गएको छ। यो निर्णय प्रस्तावको“संयुक्त छलफल,संयुक्त निर्माण र संयुक्त उपभोग” विचारधारा संयुक्त राष्ट्र संघ,बीस मुलुक समूह,एपेक,शांघाई सहयोग संगठन,ब्रिक्स आदि धेरै बहुपक्षीय संयन्त्रहरू दस्ताबेजमा राखिएको छ। संयुक्त राष्ट्र संघीय महासचिव एन्टिनिओ गुटेरसका अनुसार - बेल्ट एण्ड रोड निर्णय प्रस्ताव ऐतिहासिक माटोमा जन्मिएको हो। चीन विश्वव्यापी विविधताको मूख्य शक्ति बनेको छ। बेल्ट एण्ड अरोड निर्णय प्रस्तावले प्राचिन रशेम मार्गको स्पष्ट व्याख्या गरेको छ।