आइतबार, आश्विन १८ गते २०८३

सबै क्षेत्रमा महिला अपहेलित : सशक्त संघर्षकाे बिकल्प नभएकाे उद्घाेष


फाल्गुण २५, २०८० शुक्रबार
सबै क्षेत्रमा महिला अपहेलित  : सशक्त संघर्षकाे  बिकल्प नभएकाे उद्घाेष
कागजमा जेसुकै कुरा लेखिएको भए पनि ब्यबहारमा महिलाहरु अझै पनि असुरक्षित, अपहेलित र अधिकारबिहीन अबस्थाबाटै गुज्रिरहेको र समाजमा दोश्रो दर्जाकै नागरिक सरह रहिरहेको अबस्थामा त्यसका बिरुद्ध के महिला के पुरुष सबै एक भएर संघर्ष गर्नुको कुनै बिकल्प छैन भन्ने निचोड ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्षमा अखिल नेपाल महिला यूनियनको आयोजनामा सम्पन्न अन्तर–सम्बाद कार्यक्रका बक्ताहरुले निकाले । 
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले नेपाली श्रमजीवी महिलाहरु अहिले पनि राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हरेक पक्षमा शोषित र उत्पीडित छन् भन्ने औंल्याउँदै उनीहरुमा आवश्यक जागरण नल्याई उनीहरु स्वयंलाई सशक्त नबनाई महिलाहरुले भोगिराखेको लैगिङ्ग, जातिय, आर्थिक तेहरो शोषण उत्पीडनको अन्त्य नहुने कुरा प्रष्ट पारेका थिए । उनले बर्तमान सत्ता र सरकारको चरित्र र ब्यबहार महिला–मैत्री नभएको कुरा अनुभव गरिरहेका महिला लगायत सम्पूर्ण शोषित पीडितले बिकल्प सोच्नु पर्ने महत्वपूर्ण धारणा ब्यक्त गरे ।
8machr2.jpg
कार्यक्रमा बोल्दै  राष्ट्रिय क्रान्तिकारी मोर्चामा आवद्ध बामपन्थी ब्यक्तित्व नारायण शर्माले आमूल परिबर्तनको अभियानमा लागेको दाबी गर्ने पार्टी र तिनका ब्यक्तित्व नेतृत्वले खाशगरी पुरुषहरुले कम्तिमा पनि यो महत्वपूर्ण र ऐतिहासिक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आफ्ना घर परिबारबाट आमा, दिदी बहिनी, पत्नी, छोरी, बुहारीहरुलाई सहभागी गराउने काम गरेर सँस्कार परिबर्तन आफैबाट शुरु गर्ने संकल्प गर्नु पर्छ भन्ने कुरामा जोड दिदै आफुले पनि आगामी दिनमा यो संकल्प पुरा गर्ने बचनबद्धता जाहेर गरे र अरुलाई पनि त्यसो गर्न आह्वान गरे ।
Mahendra.jpg
नेपाल कम्युनिष्ट पार्टीका सचिव महेन्द्र जोशीले महिला लगायत श्रमजीवी शोषित पीडित जनतालाई अर्थ–सामाजिकरुपले एकबद्ध र शक्तिकरण गरेर राष्ट्रिय पूजी प्रबर्द्धन र बिस्तार गर्ने किसिमले उत्पादन तथा सेवासँग सम्बद्ध सहकारी सञ्चालन गर्न सकेमा मात्र पनि अरु श्रमजीवी जनतासँगै महिला आन्दोलन पनि सुदृढ हुने कुरामा केन्द्रित हुँदै त्यसबारे उदाहरण सहीत प्रकाश पारे र त्यस दिशामा कार्यक्रम ल्याउन लागेको महत्वपूर्ण जानकारी दिए ।
राष्ट्रिय क्रान्तिकारी मोर्चाका अर्का बाम ब्यक्तित्व एकलाल श्रेष्ठले महिलाहरुलाई परम्परागत गलत सामाजिक संस्कारबाटै बन्धनमा पारिएको कुरा उल्लेख गर्दै सबै किसिमले उनीहरुको चेतना बढाउने र सशक्त तुल्याउने काम गर्न नसके श्रमिक दिवस मनाएको कुरा श्राद्धमा बिरालो बाध्ने कथा जस्तो मात्र ठहरिने कुरा खबरदारी गरे । 
vjsot.jpg
कार्यक्रमको सञ्चालन तथा अध्यक्षताको आसनबाट बोल्दै अखिल नेपाल महिला यूनियनका संयोजक सीता सुबेदीले महिलाहरु चौतर्फीरुपमा शोषित र उत्पीडित रहेको दर्शाउँदै बिश्व स्तरमा क्लारा जेटकिन र रोजा लक्जेम्बर्ग तथा राष्ट्रिय स्तरमा नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष नेता कमरेड पुष्पलालले औंल्याएको सही बाटोमा नहिडी सामाजिक उत्पीडन र बर्गीय शोषणबाट नेपाली महिलाहरु मुक्त हुने बातावरण  बन्दैन भन्ने कुरामा जोड दिएको थियो ।
March8p.jpg
कार्यक्रमको शुरुवात गर्दै महिला नेतृ तथा बिद्यार्थी ज्योति गिरीले नेपालका सम्पूर्ण शोषित पीडित मधेशी, पहाडी र हिमाली जनता एक जुट नभइकन समस्या हल हुदैन । नेपालको राष्ट्रियता र स्वाधीनता पनि सबल हुदैन भन्ने महत्वपूर्ण कुरा ब्यक्त गरेकी थिइन्
NARIDIWAS.jpg
कार्यक्रमको आरम्भमा बिश्व महिला अन्दोलन र नेपाली जन आन्दोलमा शहादत प्राप्त गर्नु भएका ज्ञात अघात बीर अमर शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रमा उपस्थित सहभागीहरुले नै यो कार्यक्रको ब्यवस्थापन गर्न पनि सहयोग पनि गरेका थिए ।