बुधबार, भाद्र ३ गते २०८३

चीनमा १ अर्ब बढीले भारतमा ७५ कराेडले  काेराेना बिरूध्दकाे खाेप लगाए

आश्विन २, २०७८ शनिबार
चीनमा १ अर्ब बढीले  भारतमा ७५ कराेडले  काेराेना बिरूध्दकाे खाेप  लगाए


काठमाडौँ । बिश्व महामारी काेराेना भाइरसको उद्गम स्थल चीन कोरोना बिराेधी खोप लगाउने अभियानमा पनि बिश्वमा सवै भन्दा अगाडि खडा भएको छ । गएकाे बिहीबारसम्ममा चीनले कूल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको बताइएकाे छ ।
 चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको छ । एक अर्ब ४० करोड चिनीयाँमध्ये अस्ति बिहीबारसम्ममा १ अर्ब जनलाई दुवै डोज खोप लगाइसकेको पनि चिनियाँ अधिकारीहरुले बताए ।
खोप लगाएकाहरु मध्ये २० करोड ६० वर्ष माथिका छन् भने ९ करोड ५० लाख १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरी रहेका छन् ।
यद्यपि याे सशक्त र प्रभावकारी खोप अभियानका चालु रहेकाे भए पनि चीनमा अझै पनि कोरोना पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । दक्षिण पूर्वी प्रान्त फुचियानमा गत साता २ सय बढी संक्रमित भेटिएका थिए । विश्वमै चीनपछि सवैभन्दा धेरै जनसंख्यामा कोरोना खोप लगाउने देश भारत हो, जहाँ अहिलेसम्म ७५ करोड मानिसलाई खोप लगाइएको छ । – बिभिन्न समाचार एजेन्सी