शनिबार, आश्विन १७ गते २०८३

धन कतिपय मानेमा आगोजस्तै हो; यो अत्यन्तै उत्तम सेवक हो तर खतरनाक मालिक.... 🔥 : पी.टी. बार्नम


फाल्गुण २१, २०८० सोमबार
धन कतिपय मानेमा आगोजस्तै हो; यो अत्यन्तै उत्तम सेवक हो तर खतरनाक मालिक.... 🔥 : पी.टी. बार्नम
फाइनेज टेलर बार्नम (१८१०–१८९१) अमेरिकी नाट्यमालिक, बार्नम एण्ड बेली सर्कसको संस्थापक, राजनीतिज्ञ तथा ब्यापारी थिए । लेखक, प्रकाशक र परोपकारी पनि थिए बार्नम् । त्यसबखतको अमेरिकाका बहुआयामिक व्यक्तित्व । आलोचकहरू उनको उद्देश्य ‘आफ्नै ढुकुटी भर्ने मात्र’ भन्दथे । यिनको चर्चित एउटा उक्तिले यिनलाई चर्चामा ल्यायो– “हरेक मिनेटमा एउटा चुसाहा जन्मेको हुन्छ ।”
ससानो व्यवसायबाट शुरू गरेर न्युयोर्कमा साप्ताहिक समाचारपत्र प्रकाशित गर्ने कार्य (१८३४) देखि लिएर रिपब्लिकन पार्टीको तर्फबाट कनेक्टिकटको राज्य व्यवस्थापिका सदस्यसम्म, स्कडर्स् अमेरिकन म्युजियम किन्नदेखि दासत्व तथा जबरजस्ती सित्थैमा काम लगाउने परिपाटी रोक्न संविधानमा १३ औँ संशोधनको वकालतसम्म बार्नमले गरेका काम धेरै छन् ।
भारतका प्रथम राष्ट्रपति बाबु राजेन्द्र प्रसाद विद्यार्थी रहँदा धनको बारेमा एक लाइनको निवन्ध लेखे भनेको सुनिन्थ्यो, ‘सेवकको रुपमा पैसा असल सेवक हो, मालिक मानियो भने पैसा खतरनाक वस्तु हो ।” यो गलत रहेछ । त्यसो भन्ने राजेन्द्र प्रसाद होइन बार्नम पो रहेछन । गत हप्ता संयोगले यिनको बारेमा केही पढ्ने मौका मिल्दा थाहा भयो ।
१८९१ मा घरमै रहेको बेला ७९ वर्षको उमेरमा यिनको हृदयाघातका कारण निधन भयो ।
‘पैसा प्राप्ति’ (Money Getting) नामक पुस्तकको अध्याय ३ को कर्जा पन्छाउने भन्ने शीर्षकमा यो भनाई उल्लेख छ, जसको मूलपाठ :
Money is in some respects like fire; it is a very excellent servant but a terrible master. When you have it mastering you; when interest is constantly piling up against you, it will keep you down in the worst kind of slavery. But let money work for you, and you have the most devoted servant in the world. It is no “eye-servant.” There is nothing animate or inanimate that will work so faithfully as money when placed at interest, well secured. It works night and day, and in wet or dry weather.
साभार : गाैतमजीकाे मुहारपुस्तिका