आइतबार, आश्विन १८ गते २०८३

शालिन पाेख्ररेल हत्याकाे सत्यतथ्य छानबिन गर्न माग गर्दै बिद्यार्थीकाे प्रदर्शन


फाल्गुण २१, २०८० सोमबार
शालिन पाेख्ररेल हत्याकाे सत्यतथ्य  छानबिन गर्न माग  गर्दै  बिद्यार्थीकाे प्रदर्शन

काठमाडौं । चितवनको एकता शिशु निकेतन बिद्यालयकाे होस्टेलमा बसेर अध्ययन गर्ने शालिन पोखरेल मृत फेला परेको घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

काठमाडौं  मीनभवन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले हिजाे प्रदर्शन गरेका हुन्। उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन   बिद्यालयद्वारा सञ्चालित होस्टेलमा १४ वर्षीया शालीन मृत फेला परेकी थिइन्। कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

शालिनका आमा बुवाले भने बलात्कारपछि हत्या भएको आरोप लगाएका छन्।। याे घटनाले सर्बत्र चिन्ता र सन्त्रास बढाएकाे छ ।