बारा, सिमरा। राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल मधेश प्रदेशको प्रथम भेला हिजो सम्पन्न भएको छ । भेलाको ब्यानर पढ्दै मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीले भेलाको उद्घाटन गरेका थिए । उनले कम्युनिष्ट आन्दोलनमा बिचलन आएर राष्ट्रियता, जनतन्त्र र जन जीबिकाका समस्या हल नभएको अझ चर्केर गएको र बाह्य हस्तक्षेप अझ जटील बन्दै गएको, आत्म समर्पणबादी चिन्तन र चरित्र ब्याप्त भएको, किसानका समस्या हल नभएको, भ्रष्टाचारले देशलाई तहसनहस पारेको, सुदखोरी, कमिशनखोरी दिनानुदिन बढ्दै गएको राष्ट्र र जनतालाई कमजोर पार्ने गतिविधि बढ्दै गएकोले देश र जनतालाई बचाउन, जागरुक तुल्याउन र देश र जनताई जोगाउन तथा समुन्नतिको दिशामा लैजान सत्ता र त्यसबाहिर रहेका प्रतिगामी शक्ति र साम्राज्यबादी शक्तिका विरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चाको गठन गरिएको प्रष्ट पारे ।

त्यस भेलाको अध्यक्षता गरिरहेका नेकपा ‘रातो तारा’ का महासचिव तथा मधेश प्रदेशका भेलाका संयोजक क। लक्षमण उप्रतिले कार्यक्रमलाई सम्बोधन गर्दै सामन्तबाद तथा साम्राज्यबाद बिरुद्ध रहेका समान प्रगतिबादी बिचार राख्ने शक्ति, पार्टी,मञ्च अभियान र ब्यक्ति समेत सबै एकजुट भएर देश र जनताका लागि अघि बढ्न राष्ट्रिय क्रान्तिकारी मोर्चा बनेको कुरा औंल्याए ।
कार्यक्रमको सञ्चलन गर्दै मोर्चाको अर्को घटक नेकपा मशालका पोलिटब्यूरो सदस्य चिन्तामणि पौडेलले बाह्य हस्तक्षेप तीब्र भएको देश र जनताका कुनै नि समस्या हल नभएको र अझ बढ्दै जाने स्थिति देखिएकोले त्यसका बिरुद्ध यो मोर्चा अपरिहार्य बनेको कुरा दर्शाए ।
भेलामा स्वागत गर्दै नेकपा(मशाल)का नेता सिमराका कर्णबहादुर थापाले जबसम्म सही दिशाबोधकासाथ सच्चा कम्युनिष्ट, बामपन्थी, क्रान्तिकारी लोकतन्त्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्न ब्यापक संघर्ष गर्न तयार हुँदैनन् देश र जनताका समस्या हल हुँदैनन् भनने कुरा रखेका थिए ।
शुभकामना दिने क्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिव रामदुलार महतोले सामन्तबाद, साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादको प्रत्यक्षपरोक्ष ताबेदारी गर्नेहरु कोही पनि कम्युनिष्ट हुन नसक्ने भनाइ राख्दै कम्युनिष्ट नाम राखेर एमसीसी गर्ने, एसपीपी गर्ने, भ्रष्टाचार गर्नेहरुसँग साबधान रहन पर्ने र भण्डाफोर गर्नु पर्ने बताए ।
स्वतन्त्र बापन्थी नेता इश्वरराज ढुंगेलले मोर्चाको नीति प्रष्ट र निशाना अझ प्रष्ट हुनु पर्दछ भन्ने सुझाव सल्लाह दिदै मोर्चालाई सशक्त किसिमले अघि बढाउन पर्ने आवश्यकता औंल्याए । नेकपा सचिवालय सदस्य चन्द्रदेब रामले पार्टी एकता, क्रान्तिकारी मोर्चाको निमार्णको कुरा सुन्दा राम्रो लाग्छ तर त्यसले साकाररुप लिन सकेको छैन भन्ने गुनासो राखेका थिए ।
कार्यक्रममा नबराज उप्रेति, राजन साह, शंकर चौरसिया, लगायत अन्य बक्ताहरुले पनि किसानलाई उठाउन सके देश उठ्छ भन्ने भावनाकासाथ शुभकामना दिदै मोर्चालाई सशक्त पार्ने सुझाव दिएका थिए ।

भेलाले १७ सदस्यीय मधेश प्रदेश राष्ट्रिय क्रान्तिकारी मोर्चा गठन गरको छ भने त्यसले आफुमध्येबाट पाँच सदस्यीय सचिवालयको चयन गरेको छ । स्वतन्त्र बामपन्थी बुद्धिजीवी इश्वरराज ढुंगलेको संयोजकत्वमा गठित प्रदेश स्तरीय मोर्चामा बयो बृद्ध क्रान्तिकारी किसान नेता क. नन्दन अर्याल, क. रादुलार महतो, क. कर्णबहादुर थापा, क. राजन साह, क. प्रमोद साह, क.ठाकुरबहादुर खपाङ्गी, क. रामहरि धिताल, क. खगेश्वर शर्मा, क. रामहरि शर्मा , क. महेशराज उपाध्याय, क. पदम मोक्तान, क. शंकर चौरसिया, क. राप्रसाद चौधरी र अमरदेव पाशवान समेत १५ सदस्य रहेका छन् । दुइ सदस्यपछि थप गर्ने गरी रिक्त राखिएको छ। मोर्चाका सदस्यमध्येबाट पाँच सदस्यीय सचिवालय पनि गठन गरेको छ । त्यसमा संयोजक इश्वरराज ढुगेल, रामदुलार महतो, कर्णबहादुर थापा र प्रमोद साह र राप्रसाद चौधरी रहेका छन् ।

नेपाली जन आन्दोलनका बीर अमर शहीदहरुप्रति सम्मान प्रकट गर्दै शुरु भएको भेलाका सहभागीहरुले देशको कम्युनष्टि आन्दोलन, एकता राष्ट्रिय राजनीति तथा बाह्य हस्तक्षेपका सन्दर्भमा समसामयिक जिज्ञाषा राख्दै मुलुकको अवस्थाप्रति चिन्ता र चासो समेत जनाएर भेलालाई जीवन्त तुल्याएका थिए ।