आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय क्रान्तिकारी मोर्चा मधेश प्देशको गठन


फाल्गुण २०, २०८० आइतबार

बारा, सिमरा । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल मधेश प्रदेशको प्रथम भेला  हिजो सम्पन्न भएको छ । भेलाको ब्यानर  पढ्दै मोर्चाको एक घटक नेपाल कम्युनष्ट पार्टीका अध्यक्ष क.लोकनारायण सुबेदीले भोलाको उद्घाटन गरेका थिए । उनले कम्युनिष्ट आन्दोलनमा बिचलन आएर राष्ट्रियता, जनतन्त्र र जन जीबिकाका समस्या हल नभएको अझ चर्केर गएको र बाह्य हस्तक्षेप अझ जटील बन्दै गएको, आत्म समर्पणबादी चिन्तन र चरित्र ब्याप्त भएको, किसानका समस्या हल नभएको, भ्रष्टाचारको भस्मासुरले देशलाई तहसनहस पारेको, सुदखोरी, कमिशनखोरी दिनानुदिन बढ्दै गएको राष्ट्र र जनतालाई कमजोर पार्ने गतिबिधि बढ्दै गएकोले देश र जनतलाई बचाउन, जागरुप तुल्याउन र देश र जनताई जोगाउन तथा समुन्नतिको दिशामा लैजान सत्ता र त्यसबाहिर रहेका प्रतिगामी शक्ति र साम्राज्यबादी शक्तिका बिरुद्ध यो राष्ट्रिय क्रान्तिकारी मोर्चाको गठन गरिएको हो भन्ने प्रष्ट पारे । 
त्यस भेलाको अध्यक्षता गरिरहेका नेकपा(रातो तारा)का महासचिव तथा मधेश प्रदेशका भेलाका संयोजक क. लक्षमण उप्रतिले कार्यक्रमलाई सम्बोधन गर्दै  सामन्तबाद तथा साम्राज्यबाद बिरुद्ध रहेका  समान प्रगतिबादी बिचार राख्ने शक्ति, पार्टी,मञ्च अभियान र ब्यक्ति समेत सबै एकजुट भएर देश र जनताका लागि अघि बढ्न राष्ट्रिय क्रान्तिकारी मोर्चा बनेको कुरा औंल्याए । 
कार्यक्रमको सञ्चलन गर्दै मोर्चाको अर्को घटक नेकपा(मशाल)का पोलिट ब्यूरो सदस्य चिन्तामणि पौडेलले  बाह्य हस्तक्षेप तीब्र भएको देश र जनतका कुनै नि समस्या हल नभएको र अझ बढ्दै जाने स्थिति देखिएकोले त्यसका बिरुद्ध यो मोर्चा अपरिहार्य बनेको कुरा दर्शाए । 
भेलामा स्वागत गर्दै नेकपा(मशाल)का नेता सिमराका क.कर्णबहादुर थापाले जबसम्म सही दिशाबोधकासाथ सच्चा कम्युनिष्ट,बामपन्थी, क्रान्तिकारी लोकतन्त्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्न ब्यापक संघर्ष गर्न तयार हुँदैनन् देश र जनताका समस्या हल हुँदैनन् भनने कुरा राखेका थिए 
 शुभ कामना दिने क्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिव रामदुलार महतोले सामन्तबाद, साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवादको प्रत्यक्ष, परोक्ष ताबेदारी गर्नेहरु कोही पनि कम्युनिष्ट हुन सक्तैनन् भन्ने कुरा राख्दै कम्युनिष्ट नाम राखेर एमसीसी गर्ने, एसपीपी गर्ने, भ्रष्टाचार गर्नेहरुसँग साबधान रहन पर्ने र भण्डाफोर गर्नु पर्ने बताए ।
स्वतन्त्र बापन्थी नेता इश्वरराज ढुंगेलले मोर्चाको नीति प्रष्ट र निशाना अझ प्रष्ट हुनु पर्दछ भन्ने सुझाव सल्लाह दिदै मोर्चालाई सशक्त किसिमले अघि बढाउन पर्ने आवश्यकता औंल्याए । 
नेकपा सचिवालय सदस्य क. चन्द्रदेब रामले पार्टी एकता, क्रान्तिकारी मोर्चाको निर्माको कुरा सुन्दा राम्रो लाग्छ तर त्यसले साकाररुप लिन सकेको छैन भन्ने गुनासो राखेका थिए ।
कार्यक्रममा क. नबराज धिताल, शंकर चौरसिया, लगायत  अन्य बक्ताहरुले पनि किसानलाई उठाउन सके देश उठ्छ  भन्ने भावनाकासाथ शुभकामना दिदै मोर्चालाई सशक्त पार्ने सुझाव दिएका थिए ।
 यस भेलाले १७ सदस्यीय मधेश प्रदेश राष्ट्रिय क्रान्तिकारी मोर्चा गठन गरको छ भने त्यसले आफुमध्येबाट पाँच सदस्यीय सचिवालयको चयन गरेको छ । स्वतन्त्र बामपन्थी बुद्धिजीवी इश्वरराज ढुंगलेको संयोजकत्वमा गठित प्रदेश स्तरीय मोर्चामा बयो बृद्ध क्रान्तिकारी किसान नेता क. नन्दन अर्याल, क रादुलार महतो, क. कर्णबहादुर थापा, क.राजन साह, क.प्रमोद साह,  क.ठाकुरबहादुर खपाङ्गी, क. रामहरि धिताल, क. खगेश्वर शर्मा, क. रामहरि शर्मा , क.महेशराज उपाध्याय,क.पदम मोक्तान, क. शंकर चौरसिया,क.राप्रसाद चौधरी र अमरदेब पाशवान समेत १५सदस्य रहेका छन् । दुइ सदस्य पछि थप गर्ने गरी रिक्त राखिएको छ । मोर्चाका सदस्यमध्येबाट पाँच सदस्यीय सचिवालय पनि गठन गरेको छ । त्यसमा संयोजक इश्वरराज ढुगेल, रामदुलार महतो, कर्णबहादुर थापा र प्रमोद साह र राप्रसाद चौधरी रहेका छन् ।
नेपाली जन आन्दोलनका बीर अमर शहीदहरुप्रति सम्मान प्रकट गर्दै शुरु भएको भेलाका सहभागीहरुले देशको कम्युनष्टि आन्दोलन,  एकता  राष्ट्रिय राजनीति तथा बाह्य हस्तक्षेपका न्दर्भमा समसामयिक जिज्ञाषा राख्दै मुलुकको अबस्थाप्रति चिन्ता र चासो समेत जनाएर भेलालाई जीवन्त तुल्याएका थिए ।