काठमाण्डौ । देशैभरीका लघुबित्त पीडित किसानहरूको उठिबास गराउने लघुबित्त सञ्चालकहरुको निर्मम र अमानबीय शोषणका बिरुद्ध केन्द्रिय सरकारलाई घच्घच्याउन जाडोको बेला राजधानीमा आएर दुइ साताभन्दा बढी समयसम्म आन्दोलन गर्दा पनि कुनै वास्ता नगरेकाले संघर्षरत किसानहरू पीरमार्का सुनउन संसद भवनमा भद्र अबज्ञा गर्दै संसद परिसरमा छिर्दा उनीहरुलाई धरपकड गरेकोमा आक्रोशित बनेको पाइएको छ । उनीहरुले कुनै अपराध नगरेको र गुनासो सुनाउन शान्तिपूर्ण अबज्ञामात्र गरेको भन्दै त्यस क्रममा धरपकड दमन गरेको र पक्राउ परेका कसैलाई भेट्न नदिएको आन्दोलनकारीको, गुनासो सुन्नुभन्दा दमन गर्नतिर लागेको बताएका छन् । त्यसैगरी उनीहरुले यत्तिका दिनसम्म पनि आ–आफ्नो क्षेत्रका कुनै पनि सांसदहरु भेटघाट गर्न नआएकोमा चित्त दुँखाउँदै उनीहरु कसका प्रतिनिधि हुन् भन्ने प्रश्न पिन पीडितहरुले उठाएका छन् । उनीहरुले सरकारले तुरुन्त समस्या समाधान गरोस् र पक्राउ गरिएका आन्दोलनकारीहरु सबैलाई बिनाशर्त रिहा गरियोस् भन्ने जोडदार माग पनि गरेका छन् ।

आज बिहान ११ बजे ६ बाम किसान संगठनका प्रतिनिधिहरु गौसाला भण्डारखालमा पालमुनि दुःखकासाथ बसेका आन्देलनकारी लघुबित्त पीडितहरुकाे स्थिति बुझ्न र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन गौशाला पुगेका थिए । आन्दोलनकारी कुनै किसिमाको आलटाल र अल्मल्याउने काम नगरियोस् र लघुत्तिको शोषणको मारबाट मुक्त गरियोस् भन्ने कुरामा जोड दिदै माग पुरा नगरी जिल्ला नफर्किने र आन्दोलनलाई अझ दबाबकारी र प्रभावकारी बनाउने अडानमा देखिन्छन् ।

६ किसान संगठनको तर्फबाट चित्रबहादुर श्रेष्ठ, लोकनारायण सुबेदी, नहेन्द्र खड्का, दुर्गाप्रसाद जैसी, केवी घले, सीता सुबेदी, महेन्द्र शाह, सूर्य रेग्मी र केपी बराल लगायतका बिभिन्न किसान संगठनका नेताहरु गौशाल पुगेका थिए । लघुबित्त पीडित बसेका भण्डारखालमा जान दिने नदिने द्विबिधामा त्यहाँ तैनाथ प्रहरी प्रशासन देखिन्थ्यो । त्यस क्रममा सीतारामा तामाङ्ग, हरि फुँयाल, श्याम मल्ल लगायतका किसान नेताहरुलाई भित्र पस्न नदिएको खबर छ । आन्दोलनमा ऐक्यबद्धता जनाउन भित्र पसेका किसान नेताहरुलाई पनि बाहिर निस्कन नदन आनाकानी गरिरहेको प्रहरी प्रशासनले अन्त्यमा परिचय कार्ड माग्दै बाहिर पठाउन तयार भएको बताइएको छ ।

त्यहाँ ऐक्यबद्धता जनाउन गएका किसान नेताहरुले लघुबित्त, मिटर ब्याज र दूध डेरीबाट ठगिएका किसानले न्याय पाउनु पर्दछ र ती क्षेत्रका किसानमारा अपराधीहरुलाई कडा कारबाही गरिनु पर्दछ र नेपाली कृषि र किसानको रक्षा गरिनु पर्दछ भन्ने कुरामा जोड दिदै ऐक्यबद्धता जनाएका थिए । त्यहाँ बाहिरका मानिस भित्र पस्न नदिने र भित्र पसेकाहरूलाई बाहिर निस्कन राेकेपछि हाउस एरेस्ट जस्तै लघुबित्त पीडितलाई टेण्ट एरेस्ट गरेकाे भनेर चर्चा चलेकाे थियाे ।