बुधबार, भाद्र ३ गते २०८३

चीनबाट ४४ लाख मात्राको भेरोसेल कोरोना भाइरस खोप आइपुग्यो

आश्विन १, २०७८ शुक्रबार
चीनबाट ४४ लाख मात्राको भेरोसेल कोरोना भाइरस खोप आइपुग्यो

 काठमाडौँ / आज दिउसो  चीनबाट नेपाल सरकारले खरिद गरेको ४४ लाख मात्राको भेरोसेल खोप खाइपुगेको छ  ।
यो खोप हिमाली जिल्लाको १८ वर्ष माथिका सबैलाई लगाइने बताइएको छ । 

यो खोप उपत्यकाको ७ वटा जिल्लामा ४० वर्ष माथिका लागि लगाउने, ५५ वटा जिल्लामा ४५ वर्ष माथि र अन्य दुई जिल्लामा ३५ वर्ष माथिकालाई लगाउने र  विभिन्न उमेर समूहका कोही खोप लगाउनबाट छुटेका छन् भने उनीहरुलाई पनि यो खोप लगाइने छ ।

नेपालमा हालसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० एस्ट्राजेनेकाको खोप आइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिलेसम्मको तथ्यांक अनुसार देशभरि ५४ लाख ७३ हजार १५१ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी ६० लाख ५७ हजार १९४ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।