ईमान्दारीपूर्वक,
अचानक,
मेरो जीवन
मेरा आँखामा प्रतिबिम्बित देखिन्छ
अस्तित्वको पोखरीबाट।
पीडाका सबै छायाँ मात्र देख्छु,
मेरो खुसीको विपरीत,
यत्रतत्र विरोधाभास छ,
दुविधा कहिल्यै समाधान हुँदैन,
चोट लाग्ने त आत्माको टुक्रामा हो नि!
तर तिनीहरूले के भन्लान् र
हाम्रो स्व को बारेमा? अनि,
आत्मनिरीक्षण र ध्यानका बारे।
हामी आफैलाई सोध्छौं, अथक रूपमा,
वास्तविक अर्थ के हो
हाम्रो यो जीवनको भनेर।
यसमाथि सबैले अनुसन्धान गरेका छन्
र त्यो अनुसन्धान जारी नै छ।
कतिपय हराउँछन्
भावनाको यो बाक्लो आँधीमा,
तर कसैले पनि, मलाई विश्वास छ,
अहिलेसम्म फेला पारेको छैन
एक सुरक्षित आश्रय।
कन्सेत्ता ला प्लाका, इटाली
Concetta La Placa.@ t.d.r.
नेपाली अनुवाद कवि सन्तोष कुमार पोखरेल, नेपाल ।

'यो कविता, "ईमान्दारीपूर्वक," प्रतिभाशाली कवि कन्सेत्ता ला प्लाका द्वारा रचित कविता हो। यस कविताले स्वाभाविक रूपमा आत्म-अवलोकन र ध्यानको महत्त्वलाई सुन्दरतापूर्वक छायांकित गरेकोछ। यसमा, कवि जीवनलाई अस्तित्वको खुवाहरीमा चम्काउँछन्, जहाँ दुःख र आनन्द सुन्दरतापूर्वक नृत्य गर्दछन्। रचनामा दुख, आनन्द, विरोधाभास, दुविधा, र गहन आत्म-अवलोकनका भावहरू मिश्रित छन्। प्रत्येक पंक्तिमा भाषिक समृद्धता छ, जसले पाठकलाई आत्म-जागरूकताको यात्रामा आउन निमन्त्रित गर्दछ।
कथाकलाप र गहन भावनासँगै, कविताले मानव अनुभवका पर्दाहरू खोल्दछ, सामाजिक, मानसिक, र आध्यात्मिक आयामहरूमा विचार जाग्रीत गराउँदै। "ईमान्दारीपूर्वक" कविता यत्रतत्र रमाइलो र गहन भावनाहरूको अद्भुत मिलन हो, जो कविका कला र कल्पनामा आधारित छ, तर यसले प्रयाणमा पछ्याउने रहरलाई सान्त्वना दिन्छ र मानव हृदय र आत्माका परिक्षामा आदर्श विचारहरू साझा गर्दछ।
कवि सन्तोष कुमार पोखरेल, नेपाल ।