मानिसकाे जीवन र मन छुने अनि नबिर्सिने अर्थात कालजय गीत गाएर अमर बनेका कलाकार भक्तराज आचार्य अस्ताए । उनले गाएका यी गीतका पंक्तिहरू कलापारखी र सामान्य मानिसहरूले पनि आफ्नाे जीवनकाे अभिन्न अंगकाेरूपमा सम्झिरहने छन् ।
झरेको पात झैँ भयो ,
उजाड मेरो जिन्दगी ।
सबैले भन्थे उडेर एकदिन
आकाश छुन्छु,
कुन दिनले हजुर
खोलामै म सुकेँ
सोचेजस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
खोजेजस्तो हुन्न जीवन
मुटु जलिरहेछ यो मन गलिरहेछ
तिम्रो याद आइदिँदा
आँसु त्यसै बगेछ
आँसु त्यसै बगेछ
दिबंगत आचार्यप्रति श्रद्दाञ्जलीकासाथ शाेकसन्तप्त कलाप्रेमी लगायत उहाकाे शाेक सनतप्त परिवार जनमा समबेदना ।
आचार्य वि.सं. १९९९ सालमा हालको चौबिसे गाउँपालिका-४ स्थित कुरुले तेनुपाको गैरीगाउँमा जन्मिएका थिए । उनका दुइ पुत्र सत्यराज र स्वरूपराज पनि पितकै संगीतमय बाटाेमा छन् ।