शनिबार, आश्विन १७ गते २०८३

चीनमा याे बर्ष व्यावसायिक गाडीकाे बिक्री ८० प्रतिशतले बृद्धि


फाल्गुण १४, २०८० सोमबार
चीनमा याे बर्ष व्यावसायिक गाडीकाे बिक्री ८० प्रतिशतले बृद्धि

याे बर्ष चीनमा व्यावसायिक गाडीको बिक्रीमा निकै वृद्धि भएको छ । गएको जनवरी महिनामा मात्रै चीनमा व्यावसायिक गाडीको बिक्री ८० प्रतिशतले बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जनवरीमा चीनमा तीन लाख २४ हजार वटाभन्दा धेरै बस, ट्रकलगायतका व्यावसायिक गाडी बिक्री भएका छन् । दुई लाख ८९ हजार वटा ट्रक मात्रै बिक्री भएकाे चाइना एसोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चर्सले जनाएको छ । ३४ हजार वटा बस बिक्री भएकाे पनि खबरमा उल्लेख छ ।

यस्तै बिक्री भएका तीन लाख २४ हजार वटा व्यावसायिक गाडीमध्ये ७४ हजार वटा निर्यात भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले धेरै हो ।

chinaauto.jpg

चीनका समाचार एजेन्सीहरू