बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका-१ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते बनेकाे समाचार छ ।
पूर्व-पश्चिम राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलका अनुसार महेन्द्रनगरबाट काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको थियाे।
त्यस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । समाचार तयार पार्दासम्म मृतकहरूको सनाखत हुन सकेको छैन ।