-सीताराम थापा*
छाडा र भुस्याहा कुकुर ब्यवस्थापन गर्नकाे लागि एक कराेड भन्दा बढी लगानि गरी स्थानीय सरकार बागलुङ नगरपालिकाले एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने नवीन याेजना गरेकाे छ। नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषण सहितको होस्टेल बनाउने उल्लेख गरेको हाे।
यसका लागि नव प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही माघ २५ गते सम्झौता गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले जानकारी बताए ।
हाेस्टल निर्माणकाे लागि बागलुङ नगरपालिकाले रु ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु ६५ लाख बजेट गरी करिब एक कराेड लाग्ने छ।
बागलुङ नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रम मार्फत रु २० लाख बजेट विनियोजन गरेको थियो, पछि मुख्यमन्त्री कार्यालयसँग साझेदारीमा रु एक करोड लागतमा होस्टेल निर्माण र व्यवस्थापन सहितको सम्झौता भएकाे नगरपालिकाले बताएकाे छ।
श्राेतका अनुसार कुकुर होस्टेल निर्माण गरी यस आव असार भित्रै कुकुरकाे व्यवस्थापन गरिने याृजना रहेकाे छ।
होस्टेलमा पशु चिकित्सक सहित हेरचाह गर्ने मानिसको समेत व्यवस्थापन हुनेछ । कुकुर होस्टेल निर्माण गर्न जग्गा खोजिरहेको नगरपालिकाले जनाएको छ ।
बागलुङ बजारमा छाडा कुकुरको बिगबिगी भएकाले दीर्घकालीन नियन्त्रणका लागि पाँच रोपनी जग्गामा होस्टेल बनाउन लागिएको नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताएका छन् । छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गर्दै आइरहेको बागलुङ नगरपालिकाकाे उप प्रमुख राजु खड्का बताउछन्।
याे कार्य सामान्य र खर्चिलाे भय पनि पशु अधिकार अन्तर्गत कुकुर ब्यवस्थापनकाे यउटा नमुना हुन सक्ने चर्चा परिचर्चा सुरु भयकाे छ।
-विशेष संबाददाता एवं लेखक।
सीताराम थापा