नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस १५ सेप्टेम्बरको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनको एक गुगल मीट कार्यक्रममा बीच उद्घाटन समारोह सम्पन्न भयो । पार्टीको झण्डा माथि उठाउँदै सम्मेलन आयोजक केन्द्रिय समितिको तर्फबाट संयोजक ऋषिराम कट्टेलले राष्ट्रिय सम्मेलन उद्घाटन भएको उद्घोष गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक कट्टेलले संसदीय ब्यवस्था र यसका सञ्चालकहरुको असफलताले देशलाई अत्यन्तै अप्ठ्यारो र गम्भीर संकटको दिशामा धकेलेको र यसको निकास अब नया जनबादी क्रान्तिले मात्र गर्न सक्ने र त्यसका लगि नेपाल कम्युनिष्ट पार्टीका मार्गदर्शक नेता कमरेड पुष्पलालले दिएको नयाँ जनबादी क्रान्तिको कार्यक्रम, नीति र बिचारको वरीपरी गोलबन्द हुनु कम्युनिष्ट क्रान्तिकारीहरुको आजको आधारभूत दायित्व हो भन्ने औंल्याएका थिए । संयोजक कट्टेलले बिद्यमान यथास्थितिबादी बितण्डा र बिसंगतिका बिरुद्ध संघर्ष र निकासका लागि क्रान्तिकारी कम्युनिष्टहरुले गठन गरेको रणनीतिक संयुक्त मोर्चालाई अझ ब्यापक, सशक्त र गतिशील तुल्याउँदै एकताबद्ध पार्न सकेमा मात्र एमसीसी लगायत बाह्य हस्तक्षेप, जन जीबिका र जनतान्त्रिक अधिकारको रक्षाका लागि एकताबद्ध आन्दोलनको सृष्टि गर्न सकिने र त्यसको कुनै बिकल्प नभएको कुरा स्पष्ट पारेका थिए ।
पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सह–संयोजक लोकनारायण सुबेदीले कार्यक्रम सञ्चालककोरुपमा बोल्दै नेपालको राजनीतिक इतिहासमा नेपाल कम्युनिष्ट पार्टीको गठन एउटा नबीन ऐतिहासिक मोड भएको र यसले शोषित पीडित श्रमजीबी जनताको बर्गीय राजनीति देशमा आरम्भ गरेको तथ्य औल्याए । उनले कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीको गठन गर्दा नै नेपालका मूख्य तीनवटा समस्या देशीय सामन्तबाद, बिश्व साम्राज्यबाद र भारतीय एकाधिकार पूँजीवाद रहेको र तिनको शोषण र उत्पीडनको अन्त्य नभएसम्म नेपाली समाज अगाडि बढ्न नसक्ने र त्यसको निम्ति दीर्घकालीन किसान क्रान्तिको जुन कुरा कमरेड पुष्पलालले अघि सार्नु भएको थियो ती समस्या हल नभएको र देशको उत्पादन पद्धति र उत्पादन सम्वन्ध आधारभूतरुपमा फेरिन नसकेकोले नयाँजनबादी क्रान्तिको मूलबाटो नहिडी यी समस्याहरु हल सक्तैनन् भन्ने अहिलेसम्मको स्थितिले प्रष्ट पारेको बताएका थिए ।
कार्यक्रममा केन्द्रिय सचिवालय सदस्यहरु शरणबिक्रम मल्ल, भीम सेढाई, रामबहादुर भण्डारी, रामदुलार महतो, रत्नप्रसाद जोशी, सीता सुबेदी, कृष्णहरि भट्ट, राजेश बान्तबा महेन्द्र जोशी र सत्यनारायण मुखियाहरुले पनि शुभ कामना मन्तब्य दिनु हुँदै पार्टीलाई किसान बर्गमा आधारित तुल्याएर अघि बढाउन सकेमा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका बिभिन्न समस्याहरु हल गर्दै क्रान्तिलाई उच्चाईमा पुर्रयाउन सकिने कुरा प्रष्ट पारेका थिजए । नेटको गडबडीले कतिपय कमरेडहरु सम्मिलित हुन पाउनु भएन ।

संम्मेलन तयारी समितिका केन्द्रिय सदस्यहरु भूमि ढुगाना, सतिलाल चौधरी, अर्जुन कार्की, धर्मेन्द्र चौधरी, रचना शर्मा, शारदा श्रेष्ठ, बद्रीनाथ अधिकारी, सागरबीर कडारी,राजकुमार थापा, राजकुमार खत्री तथा टेकहादुर शाहहरुले पनि सम्मेलन सफलताको शुभकामना मन्तब्य दिदै पार्टीलाई जनतामा आधारित र जुझारु तुल्याउन सफलता मिलोस् भनेका थिए ।
कार्यक्रमको आरम्भमा बिश्व सर्बहारा बर्गका मार्गदशक गुरुहरु माक्र्स, एंगेल्स, लेनिन, स्तालिन, माओ, हो ची मिन्ह, किम इलसुङ, र क्याष्ट्रोहरुलाई उच्च सम्मानकासाथ पार्टीको झण्डा उठाएर अभिबादन गरिएको थियो ।
त्यसैगरी नेपालको कम्युनिष्ट तथा जनतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका महान तथा बीर शहीहरुको सम्मानमा एक मिनेट मौन धारण गर्नुका साथै नेपाली कम्युनिष्ट आन्दोलनमा मार्ग दर्शक क्रान्तिकारी नेता कमरेड पुष्पलालप्रति उच्च सम्मानकासाथ क्रान्तिकारी अभिबादन प्रकट गरिएको थियो ।
समारोहमा पार्टीको एकताको पहिलो सम्मेलन भएयता निधन हुनुभएका नेतृत्व तहका कामरेडह, केन्द्रिय सदस्य हरिप्रसाद भटराई, पोलिट ब्यूरो सदस्य बिजयराज गौतम केन्द्रिय सदस्य भोजराज सत्याल, सम्मेलन तयारी समितिका सदस्यहरु कालुराम चौधरी, जाबेद शाह, केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश १ अध्यक्ष नरेन्द्र बस्नेत तथा केन्द्रिय कमलप्रसाद घिमिरेहरुप्रति उच्च सम्मान प्रकट गर्दै शोक सन्तप्त परिबारमा गहिरो समबेदना ब्यक्त गरिएको थियो ।
सम्मेलनको उद्घाटन समारोहमा कमरेड कृष्णहरि भट्टले कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाउनु भएको थियो भने यस अघि उपस्थित सबैलाई स्वागत गर्दै सीता निरौलाले ‘स्वागत गर्छौं हामी जनताका योद्धाहरुलाई’ बोलको स्वागत गीत गाएर सबैलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा सम्मेलमा प्रस्तुत गरिने राजनीतिक प्रतिबेदन, कार्यक्रम सम्बृद्ध पार्ने र बिधानमा आवश्यक संशोधन गर्ने प्रस्ताव सम्वन्धि संसोधित दस्ताबेजहरु बन्द सत्रमा छलफलको लागि प्रस्तुत गरिने र सम्मेलनको समापन समारोहमा नब निर्बाचित नेतृत्व तथा पारित सबै दस्ताबेजहरुको घोषणा र प्रकाशन गरिने जानकारी पनि गराइएको थियो ।