आइतबार, आश्विन १८ गते २०८३

क. आले स्मृति दिवसः सही विचार र नीतिको आधारमा कम्युनिष्ट एकतामा जोड


माघ १२, २०८० शुक्रबार
क. आले स्मृति दिवसः सही विचार र नीतिको आधारमा कम्युनिष्ट  एकतामा जोड

नेपाल कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट पार्टीका अथक क्रान्तिकारी योद्धा तथा कमरेड पुष्पलालका सह–योद्धा कमरेड एकदेब आलेको ५४औ स्मृति दिबस आज राजधानको बानेश्वरमा आयोजित एक  बिशेष कार्यक्रमकासाथ मनाइएकाे छ ।

संयुक्त आयोजक समितिको तत्वावधानमा मनाइएको कार्याक्रमका सबै बक्तारुले देशकाे स्थिति नराम्राेसँग बिग्रेकाे, कम्युनिष्टकाे नाममा छद्मभेषीहरूले भाँडभैलाे मच्चाइरहेकाे र बाह्य हस्तक्षेप दिनप्रति दिन बढ्दै जनाएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड एकदेब आलेको प्रेरणास्पद, उर्जाबान र अनुकरणीय योगदानबाट सिक्नु पर्ने र नेपालको कम्युनष्ट आन्दोलनलाई सही दृष्टिकोण, बिचार, सिद्धान्त र नीतिका आधारमा ध्रुवीकरण र एकीकरण गरेर देश र जनतलाई जोगाउन र सबै किसिमका शोषण उत्पीडनबाट मुक्त गर्न सशक्त आन्दोलन उठाउन समर्थबान हुनुपर्ने कुरामा  जोड दिएका थिए ।  

कार्यक्रम सञ्चालन र सहजकर्ताको हैसियतबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले कम्युनिष्ट नहुँदैदेखि कम्युनिष्टले गर्ने जस्ता संघर्षका कार्यक्रमहरु सक्रियतापूर्बक गर्दै आउनु भएका क्रान्तिकारी योद्धा क. एकदेब आलेले कम्युनिष्ट भएपछि बर्गीय शोषण समाजिक उत्पीडनका बिरुद्ध जनतालाई खाशगरी किसानलाई जगाउने उठाउने र अघि बढाउने संघर्षका कार्यक्रमहरुमा निरन्तर लागि पर्नु भएको कुरा औंल्याउँदै कम्युनिष्ट चिन्तन, चरित्र र ब्यवहारमा एकाकार भएर निष्ठापूर्बक लाग्नु भएका आलेबाट सिकेर घरेलु प्रतिकृयावाद, भारतीय एकाधिकार पूँजीवाद र अमेरकी साम्राज्यबादबाट देश र जनताई मुक्त गर्न प्रण र संकल्प गर्ने दिनको रुपमा कामरेड आलेको स्मृति दिवसलाई लिनुपर्ने बताउनु भयो ।  

कार्यक्रमको अध्यक्षताको आसनबाट बोल्दै नेकपा(मशाल)का पोलिट ब्यूरो सदस्य चिन्तामणि पौडलले आपसका सकारात्मकतालाई अघि बढाउँदै र नकारात्मकतालाई घटाउनै जान सके कम्युनिष्ट आन्दोलनलाई सही र एकीकृत दसशामा अघि बढाउन सकिन्छ भन्ने बिश्वास ब्यक्त गर्नु भयो र क.आलेको  क्रान्तिकारी जवनबाट सबैले सिक्नु पर्ने महत्वपूर्ण कुरा यही नै हो भन्नु भयो ।

Alesmirsava.jpg
राष्ट्रिय क्रान्तिकारी मोर्चाका केन्द्रिय सदस्य तथा पूर्ब संयोजक नारायण शर्माले सिद्धान्त र ब्यवहार नीति र कृतिमा एकरुपता, कम्युनिष्ट आन्दोलनप्रति निरन्तरको निष्ठा तथा सधै जनताको साथमा रहने गुण कमरेड आलेबाट सिक्नु पर्ने रहेछ भन्ने उहाँको सानिध्यमा रहेका कमरेहरुले भनेको सुन्दा र उहाँका बारेमा प्रकातिश कृतिहरु पढ्दा थाहा हुन्छ भन्ने कुरा राख्दै सत्य र तथ्यको आधारमा सही बाटो पक्रिन सक्नु नै क. आलेको स्मरण गर्नुको सार्थकता हो भन्ने कुरा प्रष्ट पार्नु भयो । 
नेकपा(रातो तारा)का महासचव लक्ष्मण उप्रेतिले नेपाल र नेपाली जनतालई झन पछि झन समस्याले गाँज्दै र जटील तुल्याउदै लगेको स्थितिमा आज क्रान्तिकारी कम्युनिष्टहरुको एकीकरण र ध्रुबीकरण सबोपरी आवश्यकता बन्न गएको कुरामा जोड दिदै यस बिषयमा गम्भीर छलफल चलाउनु पर्ने र मिल्न सक्ने जति कम्युनष्ट पार्टीहरू एकीकृत हुदै अरुसँग ध्रुबीकरण हुँदै अघि बढ्नुको बिकल्ल्प छैन भन्नु भयो । 

राष्ट्रिय जन सरोकार नेपालका संयोजक राम लामाले सष्ट्रिय महत्वका यस्ता साझा कार्यक्रमहरुको सूचि बनाएर एकीकृतरुपमा मनाउन सक्ने परिबेश बनाउन सके क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई पनि एकीकृत गर्ने बातारण बन्छ र बनाउनु पर्दछ भन्ने कुरामा जोड दिदै आले जस्ता क्रान्तिकारी योद्धाको योगदान छायामा परेको अनुभूत भएको कुरा ब्यक्त गर्नु भयो ।
नेकपा(२००६)का सह–संयोजक रामकुमार आहतले कमरेड आलेबाट सिक्ने कुरा सिक्ने हो भने पुष्पलाल बिचारका समूहहरु एक हुनुपर्ने हो तर हुन सकेको छैन भन्ने गुनासो गर्दै मुखले होइन कामले गरेर देखाउन सक्नु पर्दछ भन्ने   कुरामा जोड दिनु भयो ।

नेकपा(बिप्लब)का चित्तवनका नेता प्रकाश ढकालले पनि पुष्पलाल र एकदेब आले जस्ता राष्ट्रिय ब्यक्तित्व सबै सच्चा कम्युिनष्टहरुका साझा धरोहर हुन भन्नु भयो । बुद्धीजीबि गाेपीरमण उपाध्यायले क.एकदेबकाे अतुलनीय साहस, त्याग र याेगदानकाे चर्चा गर्दै उहाँबाट सिक्नुपर्ने धेरै अनुकरणीय कुरा छन्  भन्नुहुँदै एकदेब क.पुष्पलाका सच्चा सहयाेध्दा हुनुहुन्थ्याे भन्ने कुरा बताउनु भयाे ।

कार्यक्रममा उपस्थित सबैको स्वागत गर्दै नेकपा(मार्क्सबादी–पुष्पलाल)का अध्यक्ष मानध्वज गुरुङ्गले क्रान्तिकारी नेता एकदेब आलेकाे संघर्ष, संगठन र सिद्धान्तको जुन मह्वपूर्ण नीति छ त्यसलाई अनुसरण गर्न सके किसानका समस्या हल गर्न, आन्दोलनको बिकास गर्न तथा देश र जनतको हितमा परिबर्तन हुन्छ भन्ने कुरा ब्यक्त गर्नु भयो । कार्यक्रमको आरम्भमा शहीदहरुप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौन धारणका साथ कमरेड एकदेब आलेलाई लाल सलामको क्रान्तिकारी  अभिबादन गरिएको थियो ।