पत्रकार मात्र हाेईन काेही पनि नागरिक अनाहकमा कुटिनु हुदैन तर बागलुङमा पत्रकार माहासंघकाे सचिवलाई नै प्रहरीले निर्घात कुटपिट गरेपछि पत्रकार र नागरिक समाजकाे न्यायपुर्ण आन्दाेलनबाट नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि कुटपिट गर्ने प्रहरी कारवाहीमा परेका छन्। शान्तिसुरक्षामा खटिने प्रहरीले काेहि कसैले अशान्ति गरेमा समातेर छानबिन गर्नुपर्नेमा बागलुङ महाेत्सबमा पहुचकाे आधारमा सर्वसाधारण लाई निर्घात कुटपिट गरेकाे फाेटाे खिचेकाे पत्रकार रानालाई नै कुटपिट गरिएपछि पत्रकार जगतले छानबिन गरी कार्वाहि गर्न लगातार माग गरेका थिए। नागरिक समाज र मानव अधिकारवादीकाे साथ रहेपछि जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समिति गठन गरियता पनिसमयमा प्रतिबेदन नआएकाे र कार्वाहीमा आलटाल गर्न खाेजेपछि पत्रकार र नागरिकले जिल्ला प्रशासन कार्यालयमा धर्ना, दवाव दिएकाे थिए।
प्रहरीले आलटाल गर्न खाेजेकाेले कानुन बमाेजिम अदालतमा मुद्वामा जाने उद्घाेष गरेर संचार माध्याम काट जानकारी गरेपछि सुरक्षा समिति कारवाहि प्रकृयाकाे लागि बाध्य भयाे। यसरी जिल्ला सुरक्षा समितिले दिएको प्रतिवेदनको आधारमा प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्री कारवाहीमा परेका हुन्। समितिले दिएको प्रतिवेदनको आधारमा केसीलाई प्रहरी ऐन अनुसार विभागीय कारवाही गरिएको बागलुङका प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्काले बताएका छन् । प्रहरी ऐन अनुसार कुनै पनि प्रहरी कर्मचारीले गरेको कसुरजन्य कामको उचित र पर्याप्त कारण खुलेपछि गरिने कारवाही गरिएको बताईएकाे छ । प्रहरी सहायम निरीक्षक केसिले जिल्ला छाडेका छन्। दुई पटकसम्मको स्पष्टीकरण सोधेपछि केसीलाई नसिहत दिइएको थियो । त्यस्तै उनलाई बागलुङ गण्डकी प्रदेश प्रहरी कार्यालयमा जगेडामा पठाइएको छ । उनले गरेको कसुरमा राना लगायत संग सार्वजनिक माफी मागेका छन् । आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता पनि जनाएका छन् । यस्ताे गल्तिमा प्रअरी प्रमुख समेत गल्तिकाे जिम्मेवार रहेकाे स्वीकार गरेका छन्। छानविन समितिदेखि कारवाही सम्मको फाइल खडा गरेर जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालय, हेलो सरकार र राष्ट्रिय मानवअधिकार आयोगमा समेत पठाउने व्यवस्था गरेको छ ।
पुस २१ गते बागलुङ महोत्सवको ११ औं दिन प्रहरीले नागरिक लाई कुटपिट गरेकाे निहुमा रानालाई हात ,खुट्टामा घाईते र निलडाम हुने गरी कुटपिट गरि भिडियाे खिचेकाे माेबाईल खाेसियकाे र धौलागिरि अस्पतालमा एक्सरे स्वास्थ्य परिक्षण, उपचार समेत सेवन गरेका थिए। छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिला गरेपछि पत्रकारले एक दिन जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका थिए। प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कारवाहीको प्रतिवद्धता जनाएपछि पत्रकारको आन्दोलनको कार्यक्रम स्थगित भएको थियो । प्रहरीले शान्ति सुरक्षाकाे नाममा अझै पनि चरम कुटपिट गर्ने, पिडितहरुकाे पहिलाे सुतनाकाे लागि दिईने उजुरी समेत बिभिन्न बहानामा दर्ता नगर्ने परम्परा अझै रहनु कानुनी शासनकाे ठाडै उल्लंघन भरहेकाे र सुशाषणकाे प्रत्याभुति हुँदै नभयकाे आम सर्वसाधारणकाे बुझाई रहेकाे छ। प्रहरी प्रशासनले सच्चियर सर्वसाधारण नागरिकलाई सहज न्यायकाे अनुभूति दिलाउन नागरिक समाजकाे अगुवाहरुकाे माग रहेकाे छ।

सीताराम थापा, नेपालपत्र विशेष संवाददाता।
सीताराम थापा