आइतबार, आश्विन १८ गते २०८३

रुसी विमान युक्रेनको सीमा नजिक खस्दा ७४ जनाको मृत्यु


माघ ११, २०८० बिहीबार
रुसी विमान युक्रेनको सीमा नजिक खस्दा ७४ जनाको मृत्यु

 काठमाडौं । एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना हुँदा चालक दलका ६ सदस्यसहित ७४ जनाको मृत्यु भएको छ । त्यो बिमान रुसको यूक्रेनसँगको समा नजिक दुर्घटना भएको बताइएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोभो गाउँमा खसेको थियो  ।

बीबीसले जनाए अनुरा दुर्घटनामा विमानमा सवार सबै ७४ जनाकै मृत्यु भएकोे छ । रुसी अधिकारीहरुका अनुसार त्यस विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) रहेका थिए ।
उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्कोभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’ भनेको छ । मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्र–दानमा सहमति भएको केही घन्टाअघि भएको थियो ।

त्यस बिमान दुर्घटना बारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय मिडियाले भने सुरुमा रक्षा स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो ।  तर पछि  भनेउक्त दावी फिर्ता लिइएको थियो ।