आइतबार, आश्विन १८ गते २०८३

२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव


माघ १०, २०८० बुधबार
२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

काठमाडौं । इजरायल भित्र इजरायली नेतान्याहू सरकार बिरुद्ध उत्रिएर बिरोध प्रदर्शन गर्न थालेपछि इजरायलले  प्लोस्थिनमाथिका जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनेको समाचारमा जनाइएको छ ।

यसाम मध्यस्थताको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत त्यो युद्ध रोक्ने प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएके उल्लेख छ ।

इजरायलले त्यस प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग पनि गरिएको  बताइएको छ । गाजामा बन्धक बनाएका धेरै इजरायलीहरूका परिवारले सरकारलाई यस सम्बन्धमा दबाब दिइरहेका छन् ।

यस सम्बन्धमा सोमबार संसदीय समितिको बैठकका क्रममा बन्धकका आफन्त जनहरु संसदमा प्रवेश गरेका थिए । उनीहरुले प्यालेस्टाइनमा बन्धक मारिएको अवस्थामा यहाँ(संसदं)मा बैठक बस्न नमिल्ने बताएका थिए ।

त्यसरी नै गएको आइतबार राति इजरायलीहरूले आफ्ना परिवारका सदस्यहरूलाई रिहा गर्न माग गर्दै इजरायली सरकारविरुद्ध प्रदर्शन पनि गरेका थिए।

गएको ७ अक्टोबरदेखि जारी युद्धमा अहिलेसम्म २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । जसमा निर्दोष प्यालेस्टिीनी जनता खाशगरी बालबालिका र महिलाहरु अरुभन्दा धेरै मारिएका छन् ।न् ।