आइतबार, आश्विन १८ गते २०८३

सिकागोमा दुइटा घरमा गोली चल्दा ७ जनाको मृत्यु

माघ ९, २०८० मंगलबार
सिकागोमा दुइटा घरमा गोली चल्दा ७ जनाको मृत्यु

काठमाडौं । पुनः अमेरिकाको सिकागोमा दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको समाचार छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा भएको थियो । त्यस गाेली काण्डकाे घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको पहिचान रोमियो नान्सको रुपमा भएको बताइएकाे छ ।

प्रहरी प्रमुख बिल इभान्सले दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको बताएका छन् । प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको  पनि बताए ।

यस सम्बन्धमा प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ । अमेरिकामा दिनहुँजसो यस्ता गोलीकाण्डका घटना भइरहेका छन् । तथ्याङ्कअनुसार यो वर्षको पहिलो सातामै गोलीबारीमा ८७५ जनाको मृत्यु भएको छ ।