काठमाडौँ । आज बिश्व प्रसिद्ध सर्बहारा बर्गका क्रान्तिकारी नेता तथा मार्गदशक महान लेनिनको देहाबसान भएको १०० बर्ष लागेको दिन हो । सन् १९२४ मा आजकै दिन (जनवरी २१) मा कम्युनिष्ट नेता भ्लादिमिर इलिच उल्यानोभ लेनिनको मृत्यु भएको थियो । लेनिनको नेतृत्वमा गठित सर्बहारा बर्गको रुसी बोल्सेविक पार्टीले १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेको थियो ।
सर्बहारा बर्गका महान दार्शनिक तथा द्वन्द्वात्मक भौतिकबादका प्रणेता कार्ल मार्क्सले परिकल्पना गरेको वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा लेनिनको नेतृत्वमा सम्पन्न उक्त सफल क्रान्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यस क्रममा लेनिनले पूजीवाद उच्चतमरुप साम्राज्यबाद हो भन्दै प्रतिस्पर्धात्मक पूँजीवाद कसरी एकाधिकार पूँजीवादमा परिणत भयो र साम्राज्यबादको मरणसन्न अबस्थामा पुग्यो र यसले बिश्वलाई युद्ध नै युद्धमा धकेल्छ भन्ने जुन सिद्धान्त प्रतिपादन गरे त्यो आजसम्मको पूँजीवादको पछिल्लो कृयाकलापले प्रष्ट पारिरहेको छ । साथै, लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका सन्दर्भमा श्रमजीवी बर्गको लोकतन्त्रको ब्याख्या गर्दै लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्तसमेत प्रतिपादन गरे ।
पहिलो असफल मजदुरको ऐतिहासिक बिद्रोहा पेरिसक कम्युनको बिश्व घटना घटिरहेकै बेला १८७० को अप्रिल २२ मा जन्मिएका लेनिन उनकै दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । अलेक्जेन्डर पिटर्सवर्ग विश्वविद्यालयको विद्यार्थी रहेका बेला जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रूपमा सहभागी हुन्थे ।
१८८७ मा रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षड्यन्त्रमा संलग्न भएको आरोपमा अलेक्जेन्डर पिटर्सवर्गमा पक्राउ परेका थिए । त्यसै वर्षको मे महिनामा स्लिसेल्वर्ग किल्लामा उनलाई फाँसी दिइएपछि लेनिनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा समर्पण गर्ने अदम्य प्रण गरेका थिए ।
जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा लागेका कारण तत्कालीन सरकारले लेनिनलाई आफ्नो प्रमुख शत्रु ठान्थ्यो । जसका कारण उनी १९०० जुलाई १६ मा निर्वासनमा जान बाध्य भएका थिए । लेनिन १९१७ मा अप्रिल १६ मा एक दशक लामो निर्वासनबाट रुस फर्केका थिए र निरन्तर श्रमजीवी बर्गको राज्य सत्ता कायम गर्न दृढताका साथ लागि रहेका थिए ।
बिश्वको बिकसित भएको नयाँ परिस्थितिमा माक्र्सबादलाई रचनात्मक किसिमले समृद्ध गर्ने र सर्बहारा बार्गको क्रान्ति सपल पार्ने अद्वितीय कार्य उनले सफल पारेका थिए । त्यसले बिश्वमा माक्र्सबादलाई अझ बिकास र परिमार्जन गरेको थियो र त्यसले बिश्व भरीका कम्युनिष्ट क्रान्तिकारीहरुले त्यस कार्यलाई नयाँ बिकसित मार्गदर्शनलाई लेनिनबादकोरुपमा ग्रहण गरे र अहिले पनि गरिरहेका छन् । कम्युनिष्ट आन्दोलन अघि बढाउने बिषयमा उनका अनेकौ कृतिहरु छन् । ती मध्ये प्रमुख हुन्
राज्य र क्रान्ति
साम्राज्यबाद पूँजीवादको उच्चतम चरण
के गर्ने ?
उग्रपन्थी कम्युनिज्म ः एक बाल रोग
माक्र्सबादका ताीन श्रोत र तीन घटक
राष्ट्रिय आत्म नर्णयको अधिकार
अप्रिल थेसिस
सर्बहारा क्रान्ति र गद्धार काउत्स्की
भौतिकबाद र यथार्थबादी आलोचना
माक्र्सका शिक्षाहरु
अमेरिकाका मजदरुको पत्र बारे ।दुइ कार्य नीति
माक्र्स,एगेल्स र माक्र्सबाद बारे
एक कदम अगाडि दुइ कदम पछाडि
महिला मुक्ति
धर्मका बारेमा
रुसमा पूजीवादको बिकास
कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त इत्यादि
नेपालपत्र संवाददाता