आइतबार, आश्विन १८ गते २०८३

गायक योगेश वैद्यको निधन

माघ ६, २०८० शनिबार
गायक योगेश वैद्यको निधन

email sharing buttonकाठमाडौं । नेपालका एक वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको हिहाे २०८० पाैष ५ शुक्रबार बिहान निधन भयाे । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।

यस सम्बन्धमा  बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीले जनाए अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशी स्मृति परिषदका सल्लाहकार पनि हुन् । उनी लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।गायक वैद्य ७७ वर्षका थिए । हिजै उनकाे पशुपतिमा दाहसंस्कार गिरएकाे थियाे ।योगेशको परिवारमा श्रीमति, एक छोरा र दुई छोरी छन् ।

सबभन्दा पहिला किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी..’ रेकर्ड गराएपछि उनी सांगीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु…’ ।योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत संगीतमा कालजयी गीत मानिन्छ ।

याेगेश बैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका गीत लोकप्रिय छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरेका हुन् । योगेशले तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा विताएका थिए ।