आइतबार, आश्विन १८ गते २०८३

दाेषीमाथि कारबाही नगिरदा फेरि पत्रकारकाे धर्ना 


माघ ४, २०८० बिहीबार
दाेषीमाथि कारबाही नगिरदा फेरि पत्रकारकाे धर्ना 

*सीताराम थापा

पत्रकार लाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाही नगरिएको भन्दै पत्रकारहरूद्वारा बागलुङमा धर्ना दिएका छन्।

नेपाल पत्रकार माहासंघ बागलुङ शाखाकाे सचिब बागलुङ जैमिनि ७ जैदिकाे ३४ बर्षिय बिजय राना लाई महाेत्सबमा ०८० पाैष १४ गते कुटपिट गरेकाे थिय। प्रहरीकाे कुटपिट बाट राना लाई निलडाम लागेपछि पाैष २५ गते बागलुङ सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालकाे संयाेजकत्वमा  छानबिन समिति गठन गरिएकाे हाे।
पाैष २९ गते ५ दिन भित्र छानबिन प्रतिबेदन बसझाउने भनिएकाे समितिले कामकाे बारेमा ढिलाे भैसकक्दा पनि जानकारी गराउन नसकेपछि दिउसाे १ घण्टा धर्ना बसेकाे पत्रकार माहासंघले जनाएकाे छ।

dharba2.jpg
दाेषीलाई कारवाहि गर्ने भनियपनि वास्तविक र ब्यबहारिकरुपमा कारवाहि नगरिय थप आन्दाेलनकाे याेजना सार्वजनिक गरिने माहासंघकाे सह- सचिब तारानाथ आचार्यले जानकारी दिए।
यस घटनालाई राष्ट्रिय मानव अधिकार आयाेग, अनाैपचनरीम क्षेत्र सेवा केन्द्र लगायत मानव अधिकारबादि संस्था र नेपाल पत्रकार माहासंघ, नागरिक संजाल बागलुङ समेतले चासाे ब्यक्त गरिरहेका छन्। 

 * थापा नेपालपत्र विशेष संबाददाता।