नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महिला नेतृ कमरेड कमला सेढाईंका पिता टुकेन्द्रबहादुर माझीको ८३ बर्षको उमेरमा यही २०८० माघ १ गते बेलुका दुःखद निधन हुन गएकोमा एक शोक बक्तब्य प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
पार्टीका अध्यक्ष लाेकनारायण सुवेदीद्वारा प्रेषित बक्तब्यमा कमला सेढाई लगायत स्व. माझीका शोक सन्तप्त परिवारजन, आफन्त, इस्टमित्र र छरछिमेकप्रति गहिरो समवेदना पनि प्रकट गरिएको छ र यस दुःखको घडीमा शोकलाई शक्तिमा बदलेर सामाजिक र पारिबारिक सेवामा लाग्न माझी परिबार समर्थ हुने बिश्वास पनि ब्यक्त गरिएको छ ।
बक्तब्यमा दिवंगत पिता माझी लामो समयदेखि स्मरण शक्ति हराउने अल्जाइमर रोगबाट आक्रान्त रहेको र चार छोरा छ छोरी सहीत १० सन्तानको पिता भएको पनि उल्लेख छ । बक्तब्यको पूर्ण पाठ यस प्रकार रहेको छ :
