काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय परिषदका सदस्य क.डी.भण्डारीकी ममतामयी माता कृष्णकुमारी भण्डारी र केन्द्रिय सदस्य तिलक कटुवालका आदरणीय पिता गहसिंह कटुवालको निधनमा एक शोक बक्तब्य जारी गर्दै देहाबसान भएका माता भण्डारी र पिता कटुवालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त दुबै परिवार, आफन्त, इष्टमित्रहरुमा गहिरो समवेदना प्रकट गरेको छ ।

स्व.कृष्णकुमारी भण्डारी स्व.गहसिंह कटुवाल
मोरङ्ग बिराटनगर मानगढ निवासी माता भण्डारीको २०८० मंसर ८ गते ९१ बर्षको उमेरमा निधन भएको थियो भने उदयपुर बेलका नगरपालिका जहडा निवासी पिता कटुवालको २०८० पौष १८ गते ९० बर्षको उमेरमा निधन भएको थियो । नेपाल कम्युनिष्ट पार्टीले दुःखमा परेका परिबारले दिंबगत माता पिताको असल कामहरुको स्मरण गर्दै र शोकलाई शक्तिमा बदल्दै समाजको सेवामा अघि बढ्ने बिश्वास लिएको छ । शाेक बक्तब्य यस प्रकार छः
