काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल बागमती प्रदेशको प्रथम भेला हिजो २०८० पौष २८ गते सम्पन्न भएको छ । भेलाले क. यशु चौलागाईको संयोजकत्वमा बागमती प्रदेश समितिको चयन गरेको छ । समितिका सदस्यहरुमा सागर भण्डारी, बलिभद्र शर्मा, जीवन लामा, सुशिल भट्टराई, ललितजंग रावत, कपिल अधिकारी, बाबुराम पाठक, रविन परियार, जगत रोकाय, शिव थापा, जयप्रकाश सरिया, मोहन पहाडी, अनुष वि.सी., रोहित कोइराला र सन्देश भट्टराई रहेका छन् ।

यो भेलाको उद्घाटन मोर्चाका केन्द्रीय संयोजक नेकपा (मशाल) का महासचिव क. सन्तबहादुर नेपालीले व्यानर पढेर गरेका थिए । यस सन्दर्भमा प्रमुख अतिथिको आसनबाट उद्घाटन गर्दै र मोर्चाको उद्देश्य, वर्तमान राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनैतिक परिस्थितिबारे गहन मन्तव्य राख्दै नवनिर्वाचित समितिलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए । उनले भेलामा नवनिर्वाचित समितिको नामावली प्रस्तुत गर्दै नबगठि प्रदेश समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
त्यसरी नै मोर्चाको प्रदेश समितिको सफलताको शुभकामना मन्तव्य राख्नेहरुमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य महेन्द्र जोशी नेकपा माक्र्सबादी पुष्पलालका अध्यक्ष मानध्वज गुरुङ,नेकपा(राता ेतारा)का महासचिव लक्ष्मण उप्रेती स्वतन्त्र बामपन्थी बुद्धिजीवी पुस्कर गौतम, जन सरोकार नेपालका संयोजक रामकुमार लामा, प्रतिरोध जन अधिकार आन्दोलनका सदस्य शैलज पौडेल, क्रान्तकारी मोर्चा नेपालका अध्यक्ष विष्णु खड्काा, वैज्ञानिक समाजवादी मोर्चाक प्रबक्ता डीबी सर्बश्रेष्ठहरु थिए ।

समावेश गर्नुपर्ने अन्य घटकहरु नेकपा २००६, माक्र्सवादी एकता अभियान, माक्र्सवाद तथा पुष्पलाल विचार मञ्च, समृद्ध नेपाल पार्टी रहेका जानकारी पनि भेलामा गराइएको थियो ।
भेलाको अध्यक्षता राष्ट्रिय जनसरोकार, नेपालका यशु चौलागाई, संचालन वैज्ञानिक समाजवादी मोर्चा, नेपालका लोकेन्द्र जिरो किराती र स्वागत स्वतन्त्र वामपन्थी नेता पुष्कर गौतमले गरेका थिए ।
नेपालपत्र संवाददाता