नेपालञ्जबाट काठमाण्डाै जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाले ज्यान गुमाएकामध्ये ८ जनाको परिचय खुलेको छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् ।
बाँकी चार जनाको अहिलेसम्म परिचय खुलेको छैन । मृतकहरूकाे शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ । ने । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन्।
अरु घाइतेको बुटवल र भालुवाङमा उपचार भैरहेको छ । बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने अहिलेसम्म् खुलिसकेको छैन ।