सीताराम थापा
बागलुङ पत्रकार माहासंघको सचिब बिजय रानामाथी बागलुङ महोत्सबमा भएको कुटपिटको घटनाको सत्यतथ्य पत्ता लगाएर कानूनी कारवाही गर्न ५ सदस्य रहेको छानविन समिति गठन भएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बागलुङको सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, प्रहरी, सस्त्र प्रहरी, सेना, अनुसन्धान र बागलुङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बीचको त्रिपक्षीय बैठकले उक्त समिति गठन गरेको हो ।
मंगलबार गठित समितिमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा राष्ट्रिय अनुसन्धान अधिकृत बागलुङका अधिकृत रंजन पौडेल, नेपाल प्रहरीको निरीक्षक दिपक बाबु केसी,बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र नेपाल पत्रकार महासंघ बागलुङकी सहसचिव सिर्जना पन्त रहेको गठित समितिल प्रहरीको आक्रमण भएको बिषयमा पौष २८ गते सम्म छानबिन गरी प्रतिबेदन बुझाउन कार्यदेस अनुसार काम अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।
तीन दिन अघि महोसत्सबमा प्रहरीले कुटपिट गर्दा फोटो खिचेकोले प्रहरीको कुटाइबाट पत्रकार राना घाइते रानाको धौलागिरि अस्पतालमा उपचार भएको थियो । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवको ११औं दिन काम सकेर फर्कने क्रममा धौलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटमा रानामाथी कुटपिट भएको थियो । अन्य व्यक्तिलाई कुटेको देखेपछि तस्बिर खिच्दा पत्रकार रानाको मोबाइल समेत खोसिएको थियो । प्रहरीले भने हुलहुज्जत गर्नेलाई लाठीचार्ज गर्दा पत्रकार राना पनि कुटिएको दाबी गरेको छ ।
२० जनाभन्दा बढी प्रहरीले दुई जना नागरिक कुटिरहेको देखेपछि फोटो खिच्दा कुटिनु परेको रानाले बताए । ‘कुनैपनि नागरिक कुटिनु हुँदैन, अवान्छित क्रियाकलाप गरेको भए पक्राउ गरेर कानूनी कठघरामा लैजानुपर्छ ’ ‘नागरिक कुटिएको देखेपछि फोटो खिच्ने पत्रकारको दायित्व हो ।’ रानाले बताए। रानाले आँफू पत्रकार भएको जानकारी दिंदै परिचय पत्र देखाउँदा पनि कुटपिट गरेर प्रहरीले मोबाइल खोसेको बताए । उक्त मोवाइल एकदिनपछि फिर्ता दिइएको थियो । रानालाई टाउकोमा प्रहार गरिएको लाठी छेक्दा देब्रे हात र दुवै खुट्टामा चोट लागेको छ ।
महासंघको नेतृत्वमा पत्रकारले र नागरिक समेतले निरन्तर दबाव दिएपछि हिजो मंगलबार दिउँसो मात्र प्रजिअ रिजालले छानविन समिति गठन गरेका हुन् । समितिलाई ५ दिनभित्रै सत्यतथ्य ल्याउन भनिएको छ । उक्त समितिको प्रतिवेदनको आधारमा दोषीलाई बिभागीय कारवाहीको लागि सिफारिस गर्ने उनले बताए । यस सम्बन्धमा नेपाल पत्रकार महासंघ, बागलुङ, गण्डकी प्रदेश र केन्द्रीय समिति तथा पत्रकारका पेशागत संस्थाले बेग्ला बेग्लै बिज्ञप्ती प्रकाशित गरेर घटनाको बिरोध गरेका छन् । समाचार संकलनको क्रममा पत्रकारले परिचय दिंदा पनि कुटपिट हुनु प्रेस स्वतन्त्रता बिरोधी घटना भएको बिज्ञप्तीमा उल्लेख छ ।

पत्रकार रानाले घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी गरी घटनाको छानबिन गरि सिफारिस गर्न माग गरेका थिए । आयोगले समेत उक्त घटनामा दुःख व्यक्त गरेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई घटनाको बिषयमा जवाफ माग गरि सकेको जनाएको छ । रानाले आफूले न्याय नपाएमा पत्रकार र अधिकारकर्मिका साथ अदालत जाने पनि बताएका छन् ।
बैठकमा प्रजिअ रिजाल सहित प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, प्रहरी नायव उपरिक्षक मदन केसी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, राष्ट्रिय अनुसन्धान, सेना र सशस्त्र प्रहरीबलका प्रमुख तथा प्रतिनिधि समेत सहभागि थिए ।यस बिषयमा हिजा मंगलबार नै नेपाल पत्रकारमाहासंघ बागलुङ जिल्ला प्रशासन कार्यालयमा प्रतिनिधिमण्डल गएका हो । उक्त समितिले काम थालनि गरि अनुसनधान प्रतिबेदन बुझाउने बताइएको छ।
थापा नेपालपत्रका बिशेष सम्बाददाता हुन्
नेपालपत्र संवाददाता