आइतबार, आश्विन १८ गते २०८३

नेपालका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुलाई क. पुष्पलालको बिचार वरिपरी गोलबन्द हुन पुनः आह्वान


पौष २३, २०८० सोमबार
नेपालका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुलाई क. पुष्पलालको बिचार वरिपरी गोलबन्द हुन पुनः आह्वान

दक्षिणपन्थी संशोधनबाद र बामपन्थी अवसरबादले नेपाली कम्युनिष्ट आन्दोलनलाई जहिले पनि अबरोध पैदा गर्दै आएको छ । अहिले पनि त्यो प्रभावी छ र त्यसले कम्युनिष्ट आन्दोलनमा ब्यापक  बिचलन र बिकृति ल्याएको छ । अतः यी दुबै प्रबृत्तिका बिरुद्ध सैद्धान्तिक संघर्ष चलाउदै कमरेड पुष्पलालको सही नीति, बिचार र सिद्धान्तको वरिपरी सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु  गोलबन्द हुनु आजको राष्ट्रिय आवश्यकता हो भन्ने कुरा राख्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले सच्चा क्रान्तिकारी एकजुट होऔं भन्ने आह्वान गरे । उनले नेपालको प्रतिकृयाबादी सामन्ती दलाल नोकरशाही पूँजीवादी सत्ता, भारतीय एकाधिकार पूँजीवादी हैकमबाद र अमेरिकी साम्राज्यबादको चंगुलबाट मुुक्त हन नयाँ जनवादी क्रान्ति सम्पन्न नगरी समाजबादमा प्रबेश गर्ने आधार तयार नहुने कुरा स्पष्ट पार्दै हाम्रा आजका राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका मागलले पनि यही कुरा पुष्टी गर्दछन् भन्ने कुरा औंल्याए ।

sanbidgab.jpg

त्यसैले राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले अघि सारेका राष्ट्रियता, जनतन्त्र र जीबिकाका साझा मागहरुलाई जोडदाररुपमा अघि सार्दै र नेपाली किसानका ६५ सुत्रीय मागहरुको उल्लेख गर्दै यसरी नै मात्र हिन्द–प्रशान्त धूरीबा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक चौतर्फीहरुमा भइरहेको हस्तक्षेपका बिरुद्ध  सयुक्त जन आन्दोलनको सृष्टि गर्दै यसलाई निर्णायक चरणतिर माथि उठाउनु र निर्णायक परिबर्तको बाटो लाग्नु आजका पहिलो र सर्बोपरी आवश्यकता बनेको कुरा उनले ब्यक्त गरे । यी नै कुरालाई आत्मसात गर्दै कमरेड पुष्पलाल जन्म शत बार्षिकीमा संघर्ष, सगठन र सिद्धान्त तीनै क्षेत्रमा पार्टीलाई सक्रिय तुल्याउन र अघि बढ्न पार्टी कमरेडहरुलाई उनले बिशेषरुपमा लाग्न उनले निर्देशन  गरे । पछिल्लो आन्दोलनपछि पनि देशमा राणाकाल, शाहकाल र बहुदलकालमा जस्तै भयंकर भ्रष्टाचार, संगठित मानब तस्करी, तस्करी र कालोबजारी बढेको, बेरोजगारी, अभाव र असुरक्षा ब्याप्त भएको र पुराना र सत्तामा बस्दै आएका प्रतिगामी तत्वहरुले देशमा अराजकता सिर्जना गर्ने, साम्प्रदायिकता भड्काउने र जनतालाई परस्परमा लडाउने काम गर्ने गरेकोले शोषित पीडित जनता लगायत सम्पूर्ण सचेत जन समुदाय सजग र संघर्षशील हुनुपर्ने समेत औंल्याएका थिए ।

bhea3.jpg

प्रदेश स्तय संयुक्त अगुवा कार्यक्रर्ता भेलामा बौल्दै पार्टी उपाध्यक्ष भिमप्रसाद सेढाईले क्रान्तिकारी सिद्धान्त, नीति र कार्यक्रम अनुसार चल्ने कमरेड पुष्पलालको बाटो बाटै नेपाली शोषित पीडित जनता र राष्ट्रलाई शोषण उत्पीडनबाट मुक्त गर्न सकिन्छ भन्ने कुरामा जोड दिएर भने – अहलेसम्मका आन्दोलनको आंशिक बिजय पनि पुष्पलालको बाटो बाटै हुँदै आएको र अबको आमूल  परिबर्तनलाई पूर्णता दिनका लागि पनि यही बाटोलाई दृढताकासाथ पक्रेर अघि बढ्नुको कुनै बिकल्प छैन र यसका लागि कुनै पनि क्रान्तिकारी कम्युनिष्टले हिच्किचाउनु नपर्ने  यथार्थ उनले औल्याए । सेढाईले सत्ताको संकीर्ण स्वार्थका लागि जनतालाई अल्मल्याउ नाटकीय गतिबिधि गर्नेहरुदेखि साबधान रहनु पर्ने वास्तबिकता पनि ध्यानाकर्षण गराएका थिए 

bhela4.jpg

कार्यक्रम सञ्चालक पार्टी सचिावलय सदस्य रामदुलार महतोले पुष्पलालको सही बिचार र संघर्षका बिरुद्ध शुरुको दशकदेखि अहिलेसम्म नै अरु त अरु स्वयं कम्युनिष्ट आन्दोलनभित्रैबाट आधारहीन र अनर्गल बिरोध हुँदै आएको र जनताको परिबर्तनको आन्दोलन पछाडि परेको उदाहरण दिदै पुष्पलालको बाटो पक्रेपछि मात्रै देशमा परिबर्तन आउँदछ भन्ने यथार्थ बारम्बार प्रकट भएको उल्लेख गरे र सही नीतिको वरिपरी एकजुट हुन सबै परिबर्तनकामीहरुलाई अपिल गरे ।

vela2.jpg

कार्यक्रममा सभापतिको आसनबाट उदयपुरका कमरेड शुकदेब चौधरी, राष्ट्रिय परिषदका सदस्य तोयराज अधिकारी, सप्तरीका जिल्ला सचिव ठाकुर खपाङ्गी, मधेश प्रदेशका संयोजक अमरदेब पासवान,सिरहाका पुराना नेता हजरत मोहम्मदहरुले पनि बोल्नु हुँदै कम्युनिष्ट निष्ठा, नैतिकता र इमानदारीता नभए कोही पनि कम्युनिष्ट नहुने र जनतालाई धोका दिने काम मात्र हुन्छ भन्ने कुरा प्रष्ट पारेका थिए । शहीदहरुलाई उचच्च सम्मान र कमरेड पुष्पलालप्रति लाल सलाम अर्पण गर्दै चलेको दुइ दिने कार्यक्रममा अमरदेब पासवानले किसान मजदुरप्रति समर्पित प्रगतिशील गाना गाएर सबैलाई मन्त्रमुग्ध तुल्याएका थिए ।