आइतबार, आश्विन १८ गते २०८३

गण्डकी बागलुङमा महिला भलिबलको उपाधि उचाल्याे– नव मालिकाले


पौष १५, २०८० आइतबार
गण्डकी बागलुङमा महिला भलिबलको उपाधि उचाल्याे– नव मालिकाले

volleyball.jpg

सीताराम थापा

बागलुङ । गण्डकी स्तरीय  बागलुङ महोत्सवमा लैंङ्गिक समानता प्रदान गर्न खुल्ला महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो।
 गण्डकी प्रदेश स्तरीय खुल्ला महिला भलिबलको उपाधि हात पार्न सफल भएरै छाड्यो, नव मालिका यूवा  क्लबले ।

आज भएको महिला भलिबलको  फाइनल प्रतियोगितामा  नव मालिकाले निर्माण व्यवसायी संघ संग दाहोरो भिडन्त भएको थियो।
प्रतियोगितामा बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै उसले उपाधि चुमेको हो ।

mahila volleybal.jpg

नव मालिकाले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१८ ले जितेको थियो तर तेस्रो सेट १२–२५ ले गुमाएर हार ब्यहोरे पनि चौथो सेट २५–११ ले जित्दै नव मालिकाले उपाधि हात पार्न सफल भयो ।

महिलाहरुलाई अघि बढाउन महोत्सबको आरम्भमै महिला भलिबललाई प्राथामिकता दिएको उधोग बाणिज्य संघका अध्यक्ष नरेस कंडेलले बताए।

शनिबार भएको तेस्रो स्थानको खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ विजयी भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले प्रेम दाईको रेष्टुरेण्ट तंग्राम महिला भलिबल टिम लाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको थियो।

Mhilavolleyball2.jpg

प्रथम स्थान हासिल गरेको नव मालिका यूवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ, द्वितीय भएको निर्माण व्यवसायी संघ बागलुङले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय भएको नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

महोत्सबमा विजय भएका टिमहरुलाई महोत्सवको अन्तिम दिन पौष २२ गते पुरस्कार वितरण समारोहमा सरिक गराई पुरस्कृत गरिने  आयोजक बागलुङ उद्योग वाणिज्य संघका माहासचिब ऋषि गौतमले बताएका छन् ।
यसको अन्त्य पछि लगत्तै महोत्सबको पुरुष भलिबल आरम्भ भएको छ।