शनिबार, आश्विन १७ गते २०८३

पढ, सिक मेरो बाबु, ज्ञान आर्जन गर; ज्ञान नै हामी गरीबको हतियार हो : हावर्ड फास्ट

भाद्र २८, २०७८ सोमबार
पढ, सिक मेरो बाबु, ज्ञान आर्जन गर; ज्ञान नै हामी गरीबको हतियार हो : हावर्ड फास्ट

 

Gautamchandramani.jpg

चन्द्रमणि गाैतम

उपन्यास विधाका प्रख्यात अमेरिकी साहित्यकार हावर्ड फास्ट (१९१४-२००३) बाट रचित अश्वेत आदिम विद्रोही 'स्पार्टाकस' (उपन्यासको नाम नै स्पार्टाकस) को संघर्षपूर्ण जीवन कथावस्तुको उपन्यासमा यो उद्धरण पाइन्छ । हावर्डले यो उपन्यास सन् १९५१ मा लेखेका थिए । तर रंगभेदबाट ग्रसित अमेरिकामा यो उपन्यास छाप्न निकै गाह्रो भएको थियो।

यसको लोकप्रियता र विषयवस्तुको गहिराईलाई बुझेर १९६० मा यसबाट स्टान्ले कुब्रिकले फिल्म नै बनाए भने रोबर्ट डर्नहेल्मले २००४ मा टीभी प्रदर्शन सामग्री बनाएका थिए । हवार्डले कलम-नामको रुपमा ई.भी. कनिंघम र वाल्टर इरिक्सनबाट पनि लेखेका छन् ।

आफ्नो जीवनकालमा उनले ८० वटा उपन्याससहित अन्य कृतिहरु लेखे । १९५० मा हावर्ड अमेरिकी कम्युनिस्ट पार्टीमा प्रवेश पनि गरे, १९५३ मा स्तालिन शान्ति पुरस्कारबाट विभूषित भए । १९५२ मा अमेरिकी लेबोर पार्टीबाट कँग्रेस सदस्यका लागि निर्वाचन पनि लडे । उक्रेनी यहुदी मूलका यी अमेरिकीको ८८ वर्षको उमेरमा निधन भयो ।

साभार : गाैतमजीकाे मुहार पुस्तिका