इज्रायल र प्यालेस्टिनीका बीच लामो समयदेखि चल्दै आएको पछिल्लो घातक युद्ध अहिले पनि जारी छ । इजरायली सेनाले लगातार प्यालेस्टिनीमाथि हमला गरिरहेको छ भने हमास समूहले पनि प्रतिरोध गरिरहेको छ । हजारौं प्यालेस्टिनीहरु मारिएका छन्, हजारौ घाइते भएका छन् भने घर, आवास, अस्पताल, बिद्यालयहरू अधिकांश ध्वस्त भएका छन् । त्यहाँ भयंकर ठूलो मानबीय संकट उत्पन्न भएको छ । यसै बीच इजरायलको एउटा सञ्चार प्रतिबेदन प्रकाशमा आएको छ । त्यसमा के दाबी गरिएको छ भने यो युद्धमा अहिलेसम्म गाजा क्षेत्रका सबै घर र भवनहरु ध्वस्त भइसकेका छन् । सेटलाईट तस्वीर र अन्य रिमोट सेन्सिङ्ग तरीकाबाट बिश्लेषण गरिएको भनिएको त्यो रिपोर्टलाई मान्ने हो भने ध्वस्त भएका भवहरूमा, कल कारखानाहरु, प्रार्थना स्थलहरु, बिद्यालयहरु, अस्पतालहरु, शपिङ्ग मलहरु र होटेलहरु सामेल छन् ।
यतिबेला गाजाका ३६ अस्पतालमा केवल ८ अस्पतालले माात्र बिमारीहरु लिन सकिरहेका छन्, बाकी अस्पतालमा पानी, बिजुली र सञ्चार लगायत अन्य आधारभूत संरचनाहरु नष्ट भइसकेका छन् । त्यहाँ बिमारी भरना लिन सक्ने अवस्था नै छैन । अमेरिकाको शिकागो बिश्वबिद्यालया राजनीति बैज्ञानिक रबर्ट पेपले भनेका छन् कि ड्रिसडेन र बमबारी भएका सूचिमा अब गाजाको नाम पनि जोडिने छ । इज्रायली बायु सेना र सतह सेनाले गाजामा लगातार बम बर्षा गरिरहेका छन् । त्यहाँ इजरायली सेनाले कथित हमास आतंककारीहरुलाई मारिदिएको बताइएको छ । नयाँ सेटलाईट तस्वीर प्रकाशमा आइसकेपछि इज्रायलले के बताएको छ भने कथित हमास आतंककारीहरु गाजाका बिद्यालयहरु, प्रार्थनास्थलहरु र अस्पतालहरु समेत अन्य भवनहरुमा रहेका थिए ।यस क्रूरतम हमलामा परेर अहिलेसम्म २२ हजार८११ मासिहरुको मृत्यु भइसकेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टाभित्र मात्रै इज्रायली सेनाको हमलामा परेर १६५ प्यालेस्टिनीहरुको मृत्यु भएो छ । त्यसमा परेर २५० जना घाइते भएका छन् । इज्रायलले पश्चिमी किनारामा छापा मार्ने क्रममा १४ जनालाई पक्राउ समेत गरेको छ । गएको ७ अक्टोबरयता इज्रायली हमलामा परेर कम्तिमा पनि २१ हजार ६७२ जना प्यालेस्टिनीहरु मारिएका छन् भने ५७ हजार १६५ जना घाइते बनेका छन् । हमास हमलामा परेर १ हजार १३९ जना इज्रायलीहरुको मृत्यु भएको छ ।
इज्रायली हमलाका तीन कारण बताइएको छ । ती कारणमा हमासले बताएको छ कि जेरुशलेममा अल–अक्सा मस्जिदलाई इजरायलको तर्फबाट अपबित्र गरिएको बिरुद्ध बदला हो । हमासले के पनि भनेको छ भने इज्रायली पुलिसले अप्रिल ३०२३माा अल–अक्सा मस्जिदमाा ग्रेनेड बर्षाएर त्यसलाई अपबित्र तुल्याएको थियो । इज्रायली सेनाले लगातार कथित हमासको ठेगानामाथि हमला र अतिक्रमण गरिरहेको छ । इज्रायली सेनाले प्यालेस्टिनी महिलाहरुमाथि हमला गरिरहेको छ। हमासका प्रबक्ता गाजी हमादले अरब देशहरुसँग अपिल पनि गरेका छन् कि इज्रायलसँगका आफ्ना सबै सम्बन्धहरुलाई पनि तोड्दिउन् । हमादले भनेका छन् कि इज्रायल एउटा शान्तिपूर्ण छिमेकी र शान्त देश कहिल्यै पनि हुन सक्दैन ।
नेपालपत्र संवाददाता