काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनलाई वस्तुनिष्ठ बनाउन केही सुरक्षा अधिकारीको निलम्बन गरेको बताएकाे छ।
यस सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय भएको हो। सुवेदी निजमति कर्मचारी हुन भन्ने अन्य दुइ जना प्रहरी सुरक्षा कमाण्डर हुन।

त्यसरी नै गृह मन्त्रालयले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने समेत निर्णय गरेको छ।
शुक्रबार भएकाे घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएकोप्रति मन्त्रालयले दुःख व्यक्त गरेकाे छ र शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि गरेको छ।
यसै बीच शुक्रबारकाे घटनाका सवै दोषिहरु लार्इ अविलम्व कार्वाहि गर्न एव गृहमन्त्री र श्रम मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गर्दै माइतिघर ं मण्डलामा र सुर्खेतको विरेन्द्रनगरमा युवाहरु विरोध प्रर्दशन गरेका छन। सहभागीहरुले सवै दोषिहरूमाथि कार्वाहि नभए सम्म विरोध प्रर्दशन निरन्तर रहने कुरा वताएका छन।