काठमाडौ । चीनमा कमरेड माओकाे १३०औँ जन्म जयन्तिका अवसरममा हिजाे चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ स्थानीय सरकारहरू र चिनियाँ जनताले देशैभरी स्मरण कार्यक्रम आयोजना गरेका छन् ।
राजधानी बेइजिङ्ग, सांघाईदेखि मध्य चीनको हुनान प्रान्त, माओको गृहनगर शाओशान, पूर्वी चीनको जियाङ्सी प्रान्त, जिङगाङशान र उत्तरपश्चिम चीनको सान्सी प्रान्तको यानआनजस्ता स्थानमा बिभिन्न कार्यक्रम गरि मनाएको ग्लोबल प्रसिद्ध पत्रिका टाइमले बताएको छ ।
यस सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले हिजाे मङ्गलबार माओत्से तुङको १३० औँ जन्मजयन्तीको अवसरमा एक गोष्ठी आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

माओकाे जन्म स्थान हुनानकाे शाओशानमा जन्म जयन्ति
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष शी जिन फिङले बेइजिङको मध्य भागमा रहेको ग्रेट हल अफ द पिपुलमा आयोजित गोष्ठीमा भाषण गरेका छन् । शीले कमरेड माओत्सेतुङले अघि सारेको उद्देश्यलाई अगाडि बढाउने महत्त्वमाथि उनले जोड दिएको र चीनलाई बलियो राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ आधुनिकीकरणलाई पछ्याउँदै सबै मोर्चामा चिनियाँ राष्ट्रको पुनरुत्थान गर्न प्रयास गर्न आह्वान गरेका समाचारमा उल्लेख छ ।
शीले माओत्सेतुङ विचार हाम्रो पार्टीको लागि अमूल्य सम्पदा हो । यसले दीर्घकालीन रूपमा हाम्रो कार्यलाई मार्गदर्शन गर्नेछ भन्ने प्रष्ट पार्दै उनले कमरेड माओत्सेतुङको सम्झना गर्ने सबैभन्दा राम्रो उपाय उहाँद्वारा अघि बढेको उद्देश्यलाई निरन्तरता दिनु हो भनेका थिए।
नेपालपत्र संवाददाता