आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल कोशी प्रदेश गठन


पौष ११, २०८० बुधबार
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल कोशी प्रदेश गठन

इटहरी । हिजाे माेरङ्गकाे सलकपुर सम्पन्न एक भेलाले राष्ट्रिय  क्रान्तिकारी मोर्चा, नेपालको कोशी प्रदेश समिति गठन गरिएकोछ । पौष १० गते मोरङको योगेन्द्र ढकाल (मोरङ) को संयोजकत्वमा गठित माेर्चाकाे समितिमा दुइ जना पछि थप्ने गर १५ सदस्य रहेकाे समाचारमा जनाइएाे छ ।

नब गठित प्रदेश समितिका सदस्यहरुमा गणेश कुमार खडका (सुनसरी), तृमान घतानी (उदयपुर), कुबेर प्रशाद कोइराला (मोरङ), बालकृष्ण सुबेदी (सुनसरी), सुकदेव चौधरी (उदयपुर), गोपाल खरेल (उदयपुर), प्रेम कुमार दनुवार (उदयपुर), ओम श्रमिक (मोरङ), आशिष् जबेगु (इलाम), गोबिन्द गुरुङ (पांचथर), सन्तोष राई (झापा) र टङ्क भट्टराई (तेह्रथुम) रहनु भएको छ । योगेन्द्र ढकाल, गणेश कुमार खडका, तृमान घतानी, कुबेर प्रशाद कोइराला र बालकृष्ण सुबेदी रहेको पाँच सदस्यीय प्रदेश सचिवालय पनि गठन गरिएकोछ ।

त्यस अवसरमा नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढा लगायत राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल सम्बद्ध नेकपा (मशाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा ( मार्क्सवादी पुष्पलाल), नेकपा (रातो तारा) का प्रतिनिधिहरु र स्वतन्त्र वामपन्थीहरुको भेलामा उपस्थिति थियो । यस नबगठित समितिको केही दिनमै बैठक बसेर जिल्ला स्तरका समितिहरु गठन गर्ने र आगामी कार्यक्रम भावी कार्यक्रम तय गर्ने पनि बताइएकोछ ।