आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय क्रान्तिकारी माेर्चा लुम्बिनी प्रदेशले अन्तरक्रिया गर्ने


पौष ९, २०८० सोमबार
राष्ट्रिय क्रान्तिकारी माेर्चा  लुम्बिनी प्रदेशले अन्तरक्रिया गर्ने

हालै गठित राष्ट्रिय  क्रान्तिकारी मोर्चा नेपाल, लुम्बिनी प्रदेशका निर्णयहरु सार्वजनिक गर्दै यस माेर्चाका  प्रदेश संयाेजक प्रमाेद धितालले   बुटबल र घाेराइमा अन्तर्क्रिया गर्ने बताएका छन्। माेर्चाका निर्णयहरू यस प्रकार छन् :
१.राष्ट्रियता, जनअधिकार र जनजीविकाको पक्षमा क्रियाशील रहने उद्देश्य सहित गत २०८० साल भाद्र ५ गते वामपंथी पार्टीहरु, राजनीतिक फोरम तथा व्यक्तिहरुको संयुक्त पहलमा काठमाडौमा भएको भेलाले केन्द्रीय स्तरमा राष्ट्रिय क्रान्तिकारी मोर्चाको निर्माण गरेको थियो । साथै उक्त घोषणासँगै आफ्ना गतिविधिहरुलाई अगाडि बढाउनका लागि मोर्चाले अवधारणा, नीति र कार्यविधि पनि निर्माण गरेको छ । सोही आधारमा गत २०८० पुष ७ गते रुपन्देहीको जितपुरमा भएको पाँचवटा घटकहरुको संयुक्त भेलाबाट राष्ट्रिय क्रान्तिकारी मोर्चा लुम्बिनी प्रदेश गठन गरेको छ ।
२. भेलाको उद्घाटन राष्ट्रिय  क्रान्तिकारी मोर्चाका केन्द्रीय संयोजक सन्त बहादुर नेपालीले गर्नुभएको थियोभ भने ने.क.पा.(मशाल)का बोलिटब्यूरो सदस्य कृष्णराज पौडले, ने.क.पा.का केन्द्रीय सदस्य दिलसाद अहमत खाँ, माक्र्सवादी विचार मञ्चका सचिव बिन बहादुर कुँवरले शुभकामना मन्तव्य राख्नुभएको थियो । ने.क.पा.(माक्र्सवादी पुष्पलाल)का पोलिटब्यूरो सदस्य सलमान खानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिरोध जनअधिकार आन्दोलनका संयोजक प्रमोद धितालले गनुभएको थियो । भेलाले संयोजकको रुपमा प्रमोद धिताल संयोजक रहने गरी १३ सदस्यीय कार्यसमित चयन गरेको छ, जसको सदस्यहरुमा सलमान खान, मेघराज भट्टराई, दिपक पौडेल, दिलसाद अहमद खाँ, कृष्ण के.सी., विमला सापकोटा, बि.शंकर पराजुली, खल्लु चौधरी र अमृत वि.क.रहनुभएको छ भने तीन स्थान रिक्त राखिएको छ । मोर्चाको नेतृत्व चक्रीय प्रणाली अन्तर्गत हुनेछ भने संयोजकको कार्यकाल ६ महिना कायम गरिएको छ ।
३.मोर्चाको अवधरणा, नीति र कार्यविधिसँग सहमत हुने जुनसुकै पार्टी, फोरम, समूह या व्यक्तिहरुलाई सहभागी गराउँदै लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा मोर्चाका संरचनाहरु निर्माण गर्ने निर्णय गरिएको छ ।
४.नवगठित मोर्चाको पहिलो बैठकले आगामी पुष २१ गते बुटवलमा र २९ गते घोराहीमा देशको समसामयीक राजनीतिक परिस्थितमा आधारित रही वृहत अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।