राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको शनिबार कपिलबस्तु जीतपुरमा सम्पन्न प्रथम लुम्बिनी प्रदेश भेलाले १३ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको । त्यस कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) का पोलिटब्युरो सदस्य सलमान खानले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रमोध धितालले गरेका थिए ।
भेलाले प्रमोद धितालको संयोजकत्वमा १३ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । सदस्यहरुमा दीपक पौडेल, मेघराज भट्टराई, बिमला सापकोटा, बी शंकर, कृष्ण केसी, सल्मान खान, खल्लू चौधरी, दिलशाद खान र अमृत बि.क. रहेका छन् । हाललाई दुई स्थान रिक्त राखिएको छ ।
कार्यक्रममा ब्यानरमा लिखित वाक्यांशहरुको वाचन गरी राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिब सन्तबहादुर नेपाली भेलाको उद्घाटन गरेका थिए । नेपालीले देशको रक्षाका निम्ति देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिहरुको मोर्चा जरुरी भएको र त्यसै उदेश्यले याे माेर्चा गठन गरिएकाे स्पष्ट पारेका थिए । उनले राष्ट्रियता, जनतन्त्र र जन जीबिकाका समस्या कुनै पनि हल नभएकाे र जनता निराश र देश कमजाेर हुँदै गएकाे कारण सत्ताधारीहरूकाे असफलता हाे र बर्तमान साामन्ती दलाल नाेकरशाही पूँजीवादी ब्यवस्थाले देश र जनतकाे हित गर्न सक्तैन भन्ने खुलाशा गरेका थिए ।
भेलालाई शुभकामना राख्दै माक्र्सवादी विचार मंचका केन्द्रीय सचिब बिन बहादुर कुवँरले यो मोर्चाको लक्ष र आजको देशको बस्तुगत अबस्थालाई अध्ययन गरेर आफ्नो तर्फÞबाट सम्पूर्ण रूपमा साथ सहयोग रहने बताए। उनले देशमा सामन्तवाद, दलाल पूँजीवाद नोकरशाही ब्यवस्थाको अन्त्यको लागि अब एक हुने समय आएको बताए । उनले भने कि नेपाली जनतामा नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसक्यो भनेर भ्रम छर्ने काम एमाले, समाजवादी, माके, बिप्लवहरूले गरिरहेका छन् । त्यसबाट देशका सच्चा बामपन्थी तथा क्रान्तिकार कम्युनिष्टहरु मुक्त हुनु पर्दछ ।
अर्का बक्ता नेकपा मशालका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख कृष्ण पौडेलले देशमा ६५–७०% वामपन्थी जनमत भएको मूलुकमा साम्राज्यवादी र सामन्ती नौकर शाही, दलाल पूँजीवादी शक्तिको हालीमुहाली भएकोले साना साना दलमा सीमित रहेर जनताको अधिकार सुरक्षित हुने छैन । त्यसैले देश भित्र रहेका सम्पूर्ण क्रान्तिकारी जनवादी, देशभक्त, प्रगतिशील, किसान, मजदूर एक भएर प्रतिगामी शक्ति तथा प्रतिक्रियावादी दलाल नोकरशाही दलाल पूँजीवादी ब्यबस्थाको बिकल्प खोज्न ढिलाइ भएको धारणा ब्यक्त गरे । उनले मोर्चालाई अझ ब्यापक र उन्नत बनाउन पर्ने पनि बताए ।
यो राष्ट्रि क्रान्तिकारी मोर्चाले बन्द भएका उद्योग कलकारखाना पुनसुचारू गरी देशमा रोजगारीको ब्यबस्था गर्नु पर्ने, कृषिमा आधुनिकीकरण गर्नु पर्ने, उत्पादनमा ब्यापक वृद्धि गराउन सरकारको ध्यानआकर्षण गराई हाम्रो तर्फÞबाट पनि गाउँगाउँमा किसानका समस्याबारे सचेतना जगाउने काम गर्ने पनि बताइएको थियो । विदेशी शक्तिले हाम्रो देशमा हाम्रो भाषा– संस्कृतिमाथि व्यापक हमला भएकोले सशक्त आन्दोलनको खाँचो भएको वक्ताहरूले स्पष्ट पारेका थिए ।
कार्यक्रममा मोर्चाको तर्फÞबाट त्यसको एक घटक प्रतिरोध आन्दोलनका अध्यक्ष प्रमोद धितालले यस राष्ट्रि क्रान्तिकारी मोर्चाको कार्यदिशा र आगामी कार्यभार सुनाउँदै त्यस थप बारे स्पष्ट पारेका थिए ।कार्यक्रमको अध्यक्षमा मोर्चाको घटक सदस्य केकपा(माक्र्सबादी) पुष्पलाका पोलिट ब्यूरो सदस्य सलमान खानले गरेका थिए भने उपस्थित सबैको स्वागत अभिवबादन मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिलशाद अहमद खानले गरेका थिए ।
नेपालपत्र संवाददाता