काठमाण्डौ । गोलीकाण्डका घटनाहरू यस वर्ष पनि प्रायः अमेरिकामा अखबारहरूको शीर्ष खबर बनेको पाइन्छ । यसरी यो बन्दुक हिंसा देशैभरि बढिरहेकोले बन्दुक नियन्त्रणको कुरा अझै पनि एउटा टाढाको सम्भावना मात्र देखिएको छ ।
बन्दुक हिंसा अभिलेखका अनुसार, डिसेम्बर १८ सम्ममा, कम्तिमा ४१,३४४ व्यक्तिहरू यस वर्ष अमेरिकामा बन्दुक हिंसाबाट मारिएका छन्, भने ६४० वटा ठूला त्यस्ता गोलीकाण्डहरू त्यहाँ दर्ता गरिएका छन्।

अमेरिकी मापदण्ड अनुसार, सामूहिक गोलीबारीलाई बन्दुकको हिंसाको घटनाको रूपमा परिभाषित गरिएको छ जसमा गोली हान्ने बाहेक कम्तीमा चार जना घाइते वा मारिएका हुन्छन् । कुल १,३३८ किशोर र २८६ बालबालिका यो बर्ष मारिएका छन्।