अमेरिकामा ११ सेप्टेम्बर २००१मा अर्थात् २० बर्ष पहिला जुन भयावह र संसारकै रौं ठाडो पार्ने त्रासद घटना भयो वास्तवमा त्यसले अमेरिकाको साथसाथै संसारलाई नै हल्लाएको थियो । कसैलाई कल्पनासम्म पनि थिएन कि संसारकै एक मात्र महाशक्ति राष्ट्र अमेरिका त्यत्रो ठूलो आततायी हमलाको शिकार होला । तर त्यो त्रासद घटना पैदा गर्न आतंकबादी शक्ति सफल भयो । अमेरिकाको वर्ल्ड ट्रेड सेण्टरका युगल गगनचुम्बी भवन र अमेरिकाको केन्द्रिय सैन्य अखडा पेण्टागोनमाथि भएको त्यो हमलाको घटना क्रम त्यस दिन यस्तो रहेको थियो :

बिहान ९ बज्दा न्यूयोर्क स्थित वर्ल्ड ट्रेड सेण्टरको उत्तरी टावरम उत्तरपटिबाटै जेट एयरलाइन्सको बिमानले सिधा आक्रमण गरेको थियो ।
९ बजेर १० मिनेन जाँदा अर्को बिमानले ट्रेड सेण्टरको दक्षिणी टावरलाई ध्वस्त पारेको थियो । त्यहाँ भयंकर बिस्फोट भएको थियो र टावरम आगो लागेको थियो ।
९ बजेर २० मिनेट जाँदा तत्कालिन अमेरिकी राष्ट्रपपित जर्ज बुश जो बच्चाहरुको कक्षमा एउटा सन्देश पढिरहेका थिए, त्यतिबेला एकजना अमेरिकी चीफ स्टाफ एण्ड्रू कार्डले बुशको कानमा त्यो दुःखद खबर सुनाएका थिए ।
९ बजेर ३५ मिनेट जाँदा अमेरिकी सरकारी सुत्रले पहिलो पटक के बतायो भने यो घटनामा कम्तिमा ६ जना मानिस मारिए तथा १००० मानिस घाइते भए ।
९बजेर ४५ मिनेट जाँदा राष्ट्रपति जर्ज बुशले राष्ट्रको नाममा सम्बोधन गर्दै अमेरिकामा राष्ट्रिय संकट कालको घोषणा गरे । उनले त्यो आक्रमण आतंकबादीद्वारा गरिएको बताएका थिए ।
९बजेर ४७ मिटेनमा अमेरिकी अनलाईले बीबीसी समाचार सेवालाई बताए कि उसका दुइटा बिमान अपहरित भएका छन् । एउटा बिमान ७६७ बोस्टनबाट लसएञ्जेल्स तिर गइरहेको थियो । त्यसमा ८१ यात्री रहेका थिए भने दुइजना चालक दलका सदस्य र ९जना अन्य बिमान कर्मचारी थिए ।
अर्को बिमान ७५७ वाशिङ्गटन डलास बिमानस्थलबाट लजएञ्जेलस तर्फै गइरहेको थियो ।त्यस बिमानमा ५८ जना यात्री थिए भने दुइजना चालक र ४ जना उडान रेकर्ड गर्ने कर्मचारीहरु पनि बिमानमा थिए ।
९ बजेर ५८ मिनेट जाँदा आबूधावी टेलिभिजनले बताएको थियो कि त्यसको कार्यालयमा फोन गरेर डेमोक्रेटिक फ्रण्ट फर लिवरेशनले अमेरिकी ब्यापार केन्द्र ट्रेड सेण्टरमा भएको हमलाको जिम्मा लिएको थियो । तर पछिबाट त्यो संगठनका शीर्षस्थ अधिकारीहरुले त्यो समाचारको खण्डन गरेका थिए ।
९ बजेर ५८ मिनेटमै अर्को के समाचार पनि आयो भने वाशिङ्गटन स्थित अमेरिकी रक्षा बिभागको मूख्यालयमा पनि बिमान आक्रमण भयो । त्यस हमलामा पेण्टगोनको एउटा हिस्सा ढल्यो ।
बिहान १० बजे अरु बढी बिमानले आक्रमणको घटना हुनसक्ने आशंकाका बीच राष्ट्रपति निवास ह्वाइट हाउसलाई पूरै खाली गराइयो ।
१० बजेर ५ मिनेट जाँदा अमेरिकाका सबै हवाई मैदानहरु बन्द गरिएका थिए ।
१० बजेर ७ मिनेट जाँदा वर्ल्ड ट्रेड सेण्टरको दक्षिणी टावर ढलेको खबर आयो ।
१० बजेर २७ मिनेट जाँदा तत्कालीन बृटिश प्रधानमन्त्री टोनी ब्लेयरले त्यस हमलालाई अहिलेसम्मकै सबैभन्दा धेरै दर्दनाक र निन्दनीय घटना भनेर भर्त्र्सरना गरे ।
१० बजेर ४० मिनेट जाँदा वाशिङ्गटनमा स्टेट डिपार्टमेण्ट कार्यालय अगाडि बम पड्केको खबर आयो ।
१० बजेर ४२ मिनेट जाँदा वर्ल्ड ट्रेड सेण्टरको उत्तरी टावर ढल्यो ।
१० बजेर ४५ मिनेट जाँदा पिटस्बर्ग बिमान स्थल नजिक अर्को बिमान खसेको समाचार आयो । त्यो बिमान सनफ्रान्सिस्कोतर्फ गइरहेको बताइएको थियो ।
यस हमलामा परेर तत्काल तीन हजार मानिसको मृत्यु भएको पुष्टी गरिएको थियो ।
