चीनको प्राचीन हेमुडु सँस्कृतिसँग सम्वन्धित क्षेत्रमा चीनका पुरातत्वबिदहरुले ५,३०० बर्ष पुरानो धानको बिरुद्ध पत्तो लगाएका छन् । त्यस क्षेत्रमा उन्नत प्राचीन सिंचाई प्रणाली तथा तल्लो याङ्गज नदी क्षेत्रमा मानिसहरुको बसोबासको सम्वन्धको सबूत प्रमाण पनि फेला परेको बताइएको छ ।
यो पुरातात्विक अन्बेषणलाई चीनको इतिहासमा अहिलेसम्मको सबैभन्दा पुरानो अन्बेषण मानिएको छ ।
चीनको निङ्गबो महानगरीय अनुसन्धान एकेडेमी अफ कल्चरल हेरिटेज म्यानेजमेन्टको अनुसन्धान प्रतिबेदन अनुसार ‘धान रोपिएको उक्त पूरै इलाका करिब एक हजार वर्गमिटरमा फैलिएको छ’ । यो अनुसन्धान नवपाषाण युगको हेमुडु साँस्कृति क्षेत्रको केन्द्रमा गरिएको हो, जुन प्राचीन कालमा मानवीय गतिविधिको एउटा ठूलो स्थल रहेको मानिन्छ ।
अनुसन्धाता पुरात्वविदहरुले के के फेला पारे ?
त्यो क्षेत्रमा उत्खननका क्रममा पुरातत्वविदहरुले तीनवटा ढिस्का, नौवटा खाडलका साथै धान र झारका अवशेषहरु फेला पारे । उनीहरुले एक सिँचाइ तथा जल निकास प्रणालीका साथै एउटा मार्ग पनि फेला पारे जसले धानखेतलाई छिमेकी घरसँग जोड्दथ्यो ।
पुरातात्विक वैज्ञानिकहरु त्यस ठाउँमा फेला परेको सिँचाइको व्यवस्था देखेर आश्चर्यचकित भएका छन् ।
खोज कार्यमा संलग्न ती पुरातत्वविदहरुका अनुसार उक्त खोजले धानखेतीको एक प्राचीन प्रणालीको बारेमा नयाँ अन्वेषण हासिल गरेको छ जसले यस क्षेत्रका समथर इलाकाहरुमा प्रचलित प्राचीन कृषि प्रविधिका सम्बन्धमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ ।
हेमुडु सँस्कृति धानखेतिका लागि प्रसिद्ध
Hemudu culture, Zhejiang Province
The Neolithic site at Hemudu is the most significant when early rice cultivation is concerned. Evidence from its excavation has fundamentally settled a long dispute on the origin of cultivated rice (Liu, 1993). The Hemudu culture (5000–3300 BC) flourished at south Hangzhou Bay in Yuyao city, Zhejiang Province (Fig. 1), and was discovered in 1973. It was thought to be the earliest culture involving cultivated rice at that time, and evidence shows that rice was planted to facilitate the
यो हेमुडु संस्कृति निंङ्गबोको हेमुडु सहरमा विकशित भएको हो । यो एउटा प्राचीन सभ्यता थियो जुन धानखेतीको प्रगति तथा अद्वितीय रुपमा अग्ला भवनका लागि प्रसिद्ध थियो । यो संस्कृति यांग्जे नदीको तल्लो क्षेत्रमा फक्रिएको थियो ।
यस अघि सन् २०२० मा चिनियाँ सञ्चारमाध्यमहरुले चीनको झेजियांग प्रान्तको युयाओमा विश्वको सबैभन्दा पुरानो धानखेती पत्ता लगाएका थिए जुन करिब ६,३०० वर्ष पुरानो मानिएको थियो ।
त्यो हेमुडु साइट(क्षेत्र)को नजिकै शियाओ खण्डहरमा रहेको प्रागऐतिहासिक धान बाली करिब ९ लाख वर्गमिटरको क्षेत्रमा फैलिएको छ,जसमध्ये ७ हजार वर्गमिटर हालै उत्खनन गरिएको बताइएको छ । ।
नेपालपत्र संवाददाता