शनिबार, आश्विन १७ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीले जनकपुरमा भन्यो — ‘एमसीसी खारेज गर’ 

भाद्र २६, २०७८ शनिबार
नेपाल कम्युनिष्ट पार्टीले जनकपुरमा भन्यो — ‘एमसीसी खारेज गर’ 

 जनकपुरधाम / आज एमसीसीको बिरुद्ध एक जुलुस निकाल्दै नेपाल कम्युनिष्ट पार्टीले जनकचोकमा बिरोध सभा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका धनुष जिल्ला अध्यक्ष तथा पार्टी केन्द्रिय सचिवालय सदस्य सत्यनारायण मुखियाको अध्यक्षमा सम्पन्न बिरोध सभामा पार्टीका दुइ नं प्रदेश प्रमुख तथा केन्द्रिय सचिवालय सदस्य रामदुलार महतो, अर्का केन्द्रिय सचिवालय सदस्य तथा अखिल नेपाल किसान यूनियनका उपाध्यक्ष डा.मिश्री मण्डल, केन्द्रिय सदस्य बिपत्ती मण्डल तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय नेता द्वय शीतल कर्ण  र महेश यादब(महोत्तरी)हरुले बोल्दै एमसीसी नेपालको राष्ट्रिय हित बिपरीत देशलाई बिदेशी शक्तिको परेड मैदान बनाउने खतरानाक परियोजना हो । यसमा नेपाल फस्नु हुदैन । यो खारेज हुुन पर्दछ भन्ने जोडदार माग गर्दै संसदबादी दलहरुले यो परियोजना संसदबाट अनुमोदन गरे भने त्यो नेपाली जनतालाई कदापि मान्य र स्वीकार्य हुँदैन भन्ने कुरामा जोड दिएका थिए ।

गोपाल धर्मशाला छेउबाट एमासीसी खारेजीको नाराकासाथ  जुलश निकाल्दै जनकचोकमा आएर सम्पन्न गरिएको जन सभामा केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नं २ का अध्यक्ष रामदुलार महतोले एमसीसी नेपाल र नेपाली जनताको हितमा छैन । यो नेपालको पराष्ट्र नीति बिपरीत तथा नेपालको संबिधान, ऐन कानुन बिरुद्ध छ र यो खारेजी गर्नु बाहेक अरु कुरा नेपालको हितमा हुन सक्दैन भन्ने कुरा औंल्याएका थिए । 

MCCProtedt janakpur.jpg
अर्का केन्द्रिय सचिवालय सदस्य तथा किसान नेता डा. मिश्री मण्डलले नेपाली जनता र देशको हितमा नरहेको यो घातक एमसीसी सम्झौताको बिरोधमा आज सारा देश पहाड तराई सबै जुर्मुराएको छ भन्दै यस्तो राष्ट्रघाती सम्झौता अनुमोदन गर्ने कसैलाई पनि नेपाली जनताले छोड्ने छैन भनेका थिए ।

पार्टीका केन्द्रिय नेता बिपत्ति मण्डलले संसदबादीहरुले देशलाई किन यसरी बिदेशी शक्तिको परेड मैदान बनाउन खोजेका हुन् भन्ने प्रश्न उठाउदै अमेरिकाप्रति लम्पसार पर्ने कसैलाई पनि नेपाली जनताले माफी दिने छ्रैनन् भन्ने कुरा प्रष्ट पारेका थिए ।


नेकपा (क्रान्तिकारी माओवादी)का नेता शीतल कर्ण र महेश यादबहरुले पनि जनघाती र राष्ट्रघाती एमसीसी सम्झौता नेपालका क्रान्तिकारी शक्तिहरुले घोर बिरोध जनाएका छन् भन्दै सम्झौता लागु गर्ने काम नहोस् भन्ने चेतावनी दिए। 

Mccprotest.jpg
अध्यक्षको आसनबाट सबै बक्ता र उपस्थित जन समुदायलाई धन्यबाद दिदै नेकपाका केन्द्रिय सचिवालय सदस्य सत्य नारायण मुखियाले नेपालको हित, सार्बभौमिकता र स्वाभिमान बिरुद्धको यो एससीसी सम्झौता पारित गर्ने कसैलाई पनि नेपाली जनताले छोड्ने छैनन् र छोड्नु हुँदैन । बिदेशी हस्तक्षेपका बिरुद्ध सम्पूर्ण जनसमुदाय एकजुट हुनु पर्दछ भन्ने कुरामा  जोड दिएका थिए ।