चीनबाट शुरु भएको र त्यसपछि नीदरल्याण्ड, डेनमार्क, अमेरिकाका दुइटा राज्य समेत बिभिन्न देशहरुमा फैलिएकोे माइक्रोप्लाज्मा निमोनिया सम्बन्धि आशंकाहरुलाई नयाँ दिल्लीमा एकजना स्वास्थ्य बिशेषज्ञले मंगलबार केही पनि असमान्य कुरा छैन भन्ने यथार्थको पुष्टी गरेका छन् ।
यो कुरा सामाजिक सञ्जलमा भएका पोष्टहरुकासाथ सार्बजनिक भएको थियो । जसमा चिनका बालबच्चाहरुमा कुनै ज्ञात कारणबिनै एउटा नयाँ र ठूलो निमोनिया फैलिएको दाबी गरिएको थियो । इण्टर नेशनल सोसाइटी फर इन्फेक्शियस डिजिजको अनलाईन रिपोर्टिङ्ग प्रणाली, प्रोमेड मेलद्वारा पनि यसको सूचना दिइएको थियो, जसमा के भनिएको थियो भने तीब्र ज्वरो र बिकसित हुदै गएका फोक्सका गिर्खाहरु जस्तो लक्षण उत्पन्न गर्ने प्रकोप देशका बाल चिकित्सा अस्पतालहरुमा धेरै छ ।
बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुरोमा चिनीयाँ अधिकारहरुले बताएका थिएृ कि प्रकोपमा कुनै पनि नयाँ रोगजनको पत्तो लागेको थिएन र यसको साटो बिमारी रुघामर्की र आरएसवी जस्तै ज्ञात मौसमी भाइरसका साथसाथै ब्याक्टेरिया माइक्रोप्लाज्मा निमोनियको कारण भयो ।
तर बिशेषज्ञहरुले बढदो संक्रमणका लागि चिसो मौसमका साथसाथै कोभिड उपायका कारण प्रतिरक्षाको कमीलाई जिम्मेवार ठहराउँदै उठेका आशंकाहरुलाई खारेज गरिदिएका थिए ।
‘चीन’ बिशेषगरेर चीनको उत्तरी भाग चिसो मौसमको अबस्थाबाट गुज्रिरहेको छ । नेशनल इण्डियन मेडिकल एशोसिएन कोभिड टास्क फोर्सका सह अध्यक्ष डा. राजीव जयदेबनले आईएएनएसलाई बताए – यस कारण अक्टोबर पछिदेखि चीनमा हरेक बर्ष शीतकालीन श्वास प्रश्वास सम्बन्धि संक्रमण बढ्ने गर्दछ र यसमा कुनै असमान्य कुरा छैन ।
डा. जयदेबले यस बारेमा थप भनेका छन् कि बितेका तीन बर्षमा असाधारण स्तका सुरक्षात्मक उपाय गरिएका थिए बिशेष गरेर गैर–फार्मास्यूटिकल जस्तो कि मास्कको प्रयोग, शारिरीक दूरी कायम गर्ने र कोभिडका कारण ट्रेकिङ्ग तथा सबैबाट अलग रहने कुरा थिए ।
यसबाट कोभिड भाइरस टाढा रहेको मात्र होइन, कि अन्य भाइरस पनि ‘मौन हुन गए र ती फैलिएनन्’। हुन पनि यसको बास्तवमा बयस्क उमेरकालार्य कुनै प्रभावै परेन, किनकि उनीहरु महामारीभन्दा पहिला नै कयौं संक्रमणहरुको सम्पर्कमा आइसकेका हुन् । डाक्टरले भनेका छन् कि बालबच्चाहरुलाई ‘अति संबेदनशील जनसंख्या’ मानिएको छ ।