संयुक्त राष्ट्रका अधिकारीहरूले हिजो चेतावनी दिएका थिए छन् कि इजिप्टसँग जोडिएको गाजाको सीमा नजिकै तीब्र दबाब बढिरहेको छ, जहाँ दशौं हजार प्यालेस्टाइनीहरूले इजरायलको सैन्य अभियानबाट भाग्न खोजेका छन्।
“म सार्वजनिक व्यवस्था छिट्टै पूर्ण रूपमा भत्कने गम्भीर स्थिति देख्दछु र महामारी रोगहरू फैलिने तथा इजिप्टमा ठूलो संख्यामा विस्थापनको लागि बढ्दो दबाब सहित अझ खराब अवस्था देखा पर्न सक्छ,“ संयुक्त राष्ट्रका महासचिव एण्टोनियो गुत्तेरेसले भने, “त्यहाँ कुनै प्रभावकारी संरक्षण छैन।’’
बिश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको आपतकालीन सत्रमा त्यस संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने, “गाजाको स्वास्थ्य प्रणालीले घुँडा टेकेको छ र ध्वस्त हुँदैछ।’’ एन्क्लेभका ३६ अस्पतालमध्ये १४ वटा मात्रै आंशिक रूपमा बिरामी र घाइतेको उपचार गर्न सक्षम भएको उनले बताए।

हिजो मात्र इजरायली सेनाले विगत २४ घण्टामा गाजामा २५० भन्दा बढी “निशानाहरू“मा प्रहार गरेको बताएको थियो। गाजामा स्थायी युद्धविरामको माग गर्दै गत हप्तासंयुक्त राष्ट्रले मतदानको प्रस्ताब गर्दा त्यसका बिरूद्ध अमेरिकाले भिटो प्रयोग गरेपछि त्यो प्रस्ताव असफल भयो र गाँजामा इजरायलबाट अझ तीव्र आक्रमण शुरू भयो।
यसै बीच संयुक्त राज्य अमेरिकाको बाइडेन प्रशासनले इजरायललाई १३,००० राउण्ड ट्यांक गोला बारुद बेच्न कांग्रेसलाई बाइपास गर्दै, मध्य पूर्वमा हतियार ढुवानी छिटो गर्ने आपतकालिन घोषणा गरेकाे छ ।
न्यु योर्क टाइम्सले कतारलाई हमासलाई समर्थन गर्न अनुमति दिएर “शान्ति किन्ने“ इजरायलको नीतिको बारेमा नयाँ विवरणहरू पत्ता लगाएको पनि समाचार प्रकाशित गरेको छ ।
.