आइतबार, आश्विन १८ गते २०८३

पेलेस्टिनी जनतमाथिको बर्बर आक्रमणका बिरुद्ध ऐक्यबद्धता : डाइलेमा अफ ह्यूमानिटी एशिया रिजनल कन्फरेन्स

मंसिर २४, २०८० आइतबार
पेलेस्टिनी जनतमाथिको बर्बर आक्रमणका बिरुद्ध ऐक्यबद्धता : डाइलेमा अफ ह्यूमानिटी एशिया रिजनल कन्फरेन्स

काठमाण्डाै । पश्चिमा साम्राज्यबादको उक्साहट र समर्थनमा गाजामा दुइ महिनाभन्दा बढी समयदेखि यता इजरायलले हमासलाई समाप्त पार्ने नाममा योजनाबद्ध किसिमले अस्पताल, स्कूल, शरणार्थी शिविर र मानब बस्तीहरुमाथि बिध्वंशकारी बम बर्षाएर हजारौं शिशु बालबालिका, महिला, असक्त र अस्पतालका बिमारी, बिद्यालयका बिद्यार्थी, शिक्षक, चिकित्सक एबं पत्रकार लगायतका निर्दोष निहत्था पेलेस्टिनी जनताको आम नरसंहार गरिरहेको छ । त्यस घोर अमानबीय रक्तपात र ताण्डबका  बिरुद्ध प्यालेस्टिनी जनताको स्वाधीन राज्यको न्यायोचित संघर्षप्रति ऐक्यबद्धता जनाउने हेतुले ‘डाइलेमा अफ ह्यूमानिटी एशिया रिजनल कन्फरेन्स र स्कूल अफ फिलोसफिकल स्टडिज’को सह-आयोजनामा यही मंसीर २२ गते शुक्रबार  प्यालेस्टिनमाथि 'इजरायली आक्रमणले निम्त्याएको मानबीय संकट र समाधानका उपायहरु' बिषयक एक अन्तरिकया कार्यक्रमको आयोजना गरियो । 

hiranya.jpg
कार्यक्रममा बोल्नु हुँदै  बिशिष्ठ अतिथि बक्ता परराष्ट्रबिद् बाम बिश्लेषक तथा लेखक, पूर्ब राजदूत हिरण्यलाल श्रेष्ठले भन्नु भयो – बिश्वभरी नै यो प्यालेस्टिनी जनतामाथिको घोर अन्यायको बिरुद्ध बिरोध प्रदर्शनहरु भइरहेका छन् । राष्ट्र संघमा पनि यसका बिरुद्ध प्रस्ताव पारित भइसकेको छ । तर नेपाल सरकार भने मौन साधेर बसेको छ । नेपालले बर्षोदेखि प्यालेस्टिन समस्याको उचित समाधनको निम्ति संयुक्त राष्ट संघ तथा बाहिर पनि आवाज उठाउदै आएको हो । तर यतिबेला सरकार मौन छ । अमेरिकासँग डराएर चुप बसेको छ । अनि जन स्तरमा पनि सडकमा छिटपुट बाहेक याे घोर अन्यायका बिरुद्ध  त्यस्तो प्रदर्शन भएको देखिएको छैन । हामीले पेलेस्टिनी जनताको बाच्न पाउने अधिकार र स्वाधीन राज्यको लागि सशक्त आवाज उठाउनु पर्दछ र ऐक्यबद्धता जनाउनु पर्दछ । युद्ध भड्काउने र हातहतियारको ब्यापारबाट नाफा कमाउने युद्धपिपासुहरुको घाेर बिरोध गर्नु पर्दछ ।
यसले शान्तिपूर्ण र न्यायपूर्ण समाधान पाएन भने यो क्षेत्रीय युद्ध र बिश्व युद्धमा परिणत हुनसक्ने खतरा पनि त्यत्तिकै छ । त्यसैले स्थाई शान्तिका लागि जुन दुइ-राष्ट्रको प्रस्ताव संयुक्त राष्ट्रले अघि सारेको छ र बिश्वका अत्याधिकांश राष्ट्रले समर्थन जनाएका छन् त्यसको कार्यन्वय तुरुतै गरिनु पर्दछ । मानब द्रोही युद्ध सदाका लागि रोकिनु पर्दछ । सबै प्रकारका बाह्य हस्तक्षेप रोकिनु पर्दछ र सह–अस्तित्व कायम गरेर जान सक्नु पर्दछ । यही नै समस्या समाधानको सही बाटो हुन सक्छ । 

Maskey.jpg
त्यसरी नै कार्यक्रमका अर्का बिशिष्ठ अतिथि बक्ता बैदेशिक मामिलाका अध्येता पूर्ब राजदूत डा. महेश कुमार मास्केले भन्नु भयो – यो लामो समयदेखिको अन्यायपूर्ण समस्या हो । यसबारेमा पटक पटक युद्धहरु पनि भए । क्यम्प डेभिठ र अाेस्लाे जस्ता सम्झौताहरु पनि भए । तर समस्याको सही समाधान भएन । पेलस्टिनी राज्यको बिभाजन गर्दा नै बहुमत पेलेस्टिनीहरुलाई कम र यहूदीहरुलाई बढी जमिन दिएर अन्याय गरियो । सन्धिनै गलत गरियो । यो समस्याको समाधान  पेलेस्टिनी, मुस्लिम र यहुदीका लागि एउटै राज्य बनाएर समाधान खोज्ने कि प्रस्ताबित दुइ राज्यको प्रस्तावलाई सही किसिमले कार्यान्वयन गरेर स्वाधीन पेलेस्टिनी राज्यको मान्यता दिने भन्ने कुराहरु उठि राखेका छन् । सर्ब प्रथम त तुरुन्तै युद्ध रोकेर त्यहाँको मानबीय संकटलाई समाधान गर्न पर्ने देखिन्छ । हमासलाई निहु बनाएर पेलेस्टिनी निहत्था र निर्दोष जनतालाई नरसंहार गर्न पाइदैन ।

Manch.jpg
डा. मास्केल नेपालका ६ जना पूर्ब राजदूत र सय जना चिकित्सकहरुले पनि पेलेस्टिनीहरुमाथि भइरहेको क्रूर नरसंहारका बिरुद्ध पेलेस्टिनी जनताको संघर्षप्रति ऐक्यबद्धता जनाएर बक्तब्य जारी गरोेको जानकारी दिनु हुदै कार्यक्रममा ‘ओ जेरुसलेम’ भन्ने सामयिक र मार्मिक कबिता सुनाउनु भयो र भन्नु भयो– तीन मानब सभ्यताको श्रोत रहेको पेलेस्टिनमा मानबघाती युद्ध हुनु संसारभरीकै मानिसका लागि अत्यन्तै पीडादायी कुरा हो ।
कार्यक्रममा डाइलेमा अफ ह्यूमानिटी एशिया रिजनल कन्फरेन्स नेपालका सदस्यहरु डा. प्रमेश हमाल,  सन्तबहादुर बुढा, शान्ता मानबी, अञ्जना बिसंखे, बिशाल खड्का, डा. पुष्परा राजकर्णिकार र दुर्गाप्रसाद जैसीहरुले पनि पेलेस्टिनी जनतामाथि भइरहेकोब बर्बर इजरायली आक्रमणका पछाडि अमेरिकी साम्राज्यबादको आडधाप, सहयोग र समर्थन रहेको कुराको घोर निन्दा र भत्र्सना गर्दै पेलेस्टिनी जनताको न्यायोचित संघर्षप्रति ऐक्यबद्धता जनाउनु भएको थियो ।

Mach2.jpg
कार्यक्रमको सञ्चालन डाइलेमा अफ ह्यूमानिटी एशिया रिजनल कन्फेरेका सदस्य साबित्रा भूसालले गर्नुभएको थियो भने अध्यक्षता सोही समितिका सदस्य लोकनारायण सुबेदीले गर्नु भएको थियो । उहाँहरुले पनि प्यालेस्टिनी समस्या बिश्वकै शान्तिकामी, प्रगतिशील अग्रगामी जनताको साझा समस्या भएको छ र यसले स्वाधीन पेलेस्टिनी राज्य र उनीहरुको नैसर्गिक अधिकारलाई कुनै पनि शक्तिले हरण गर्न पाउँदैन भन्ने कुरा प्रष्ट हुन्छ भन्ने कुरा दर्शाउदै र पेलेस्टिनी निहत्था जनताको नरसंहारप्रति तीब्र निन्दा र भत्र्सना गर्दै पेलेस्टिनी जनताप्रति दृढ ऐक्यबद्धता जनाउनु भएको थियो । 
कार्यक्रममा दर्शक दीर्घाबाट पनि बिभिन्न सुझावहरु आएका थिए र साम्राज्यबादले समस्या बढाउँदछ समाधान गर्दैन । हामी होसियार रहनु पर्दछ भन्ने भावना ब्यक्त गरिएकाे थियाे । 

darshak.jpg