काठमाण्डाै । गएकाे मार्ग २१ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा पार्टीको “तात्कालिक कार्यनीति विषयक ”अन्तरक्रिया कार्यक्रम काठमाण्डौको जमलस्थित होटेल एलोपेगोडामा सम्पन्न भयो ।
त्यस कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस कार्यपत्रमा लेखिएको छ –“संकटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण ” चारवटा कुरा राखेर कार्यनीतिकाे एउटा श्रृखला अर्थात् सेट नै बनाइएकाे छ र याे छलफलकै बिषयकाे रूपमा छाेडिएकाे छ।
कार्यक्रममा बाेल्ने सबै बक्ताहरूले मूलतः संयुक्त माेर्चा बनाउन पर्ने बिषयमा केन्द्रित भएर बाेलेका थिए । अस्थाइ सरकारकाे नारा गलत नभए पनि त्यस बारे अझ ब्यापक छलफल हुनु पर्ने कुरा उनीहरूले दर्शाएका थिए ।
त्यस कार्यक्रममा बाेल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लाेकनारायण सुबेदीले कमरेड पुष्पलालले २००८ सालमै यस्ताे माेर्चा बनाउन सफल हुनु भएकाे र त्यसमा नेपाल प्रजा परिषद, तथा मजदुर, किसान, महिला, युवा-बिद्यार्थी तथा शान्ति समिति लगायत जनबर्गीय संगठनहरू सम्मिलित थिए भन्ने उल्लेख गर्दै क. पुष्पलालले अघि सारेकाे संयुक्त जन संघर्षकाे नीति पनि संयुक्त माेर्चाकै एउटा महत्वपूर्ण पक्ष रहेकाे उल्लेख गरेका थिए ।उनले बिश्व र नेपालकाे कम्युनिष्ट आन्दोलनले किन धक्का खायाे, यसका आरोह-अबराेहकाे समग्र सही सिंहावलाेकन र सही समीक्षा गरेर यस्ताे माेर्चा बनाउने कुरा उपयुक्त हुने र जनबादी आन्दाेलनकाे मूख्य शक्ति अर्थात् मेरूदण्ड किसान बर्गलाई केन्द्रमा नराखिंदा हाम्रा आन्दोलनहरू कमजाेर भएकाे कुरा उनले उठाएकाे थियाे ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले विसर्जनवादलाई ध्वस्त नपारी क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अगाडि नबढ्ने कुरा उल्लेख गरेका थिए ।
नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढाले अस्थायी संयुक्त सरकारको कार्यनीति सिद्धान्ततः गलत नहुने तर अहिले नै यो नारा दिने अवस्था आएको छैन कि भनेर आफ्नो मत प्रकट गर्दै लेनिनका १९०५ र त्यस यताका अनुभवहरू सुनाएका थिए ।
नेकपा रातो ताराका महासचिव लक्ष्मण उप्रेतीले राजनीतिक सम्मेलन र संयुक्त सरकारको कार्यनीतिलाई पहिले नै उहाँकाे पार्टीले पनि उल्लेख गरेकाे बताउदै सबै क्रान्तकारी शक्तिहरू मिलेर जानुकाे बिकल्प नरहेकाे बताएका थिए ।
नेकपा (मसाल)का प्रवक्ता रामप्रकास पुरीले अहिले प्रतिगामी शक्तिका गतिबिधि बढ्दै गएकाले अहिलेकाे मुख्य समस्या प्रतिगमन हो र वर्तमान संसदीय व्यवस्थालाई प्रतिगमनबाट जोगाउनु मुख्य दायित्व हो भन्ने कुरामा जाेड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सदस्य नारायण शर्माले कार्यपत्रमाथि लेखेकाे लामाे टिप्पणी पढेर सुनाउँदै यसकाे सुदृढीकरणका लागि महत्वपूर्ण कुरा उठाएका थिए ।
उक्त माेर्चाकै अर्का सदस्य पुस्कर गौतमले माेर्चाले अहिलेकाे मूल समस्या प्रतिगमन अर्थात् सामन्तबाद र साम्राज्यबाद हाे मानेकाे छ र यही नै नयाँ जनबादी क्रान्तिकाे मूल कुरा हाे भन्ने प्रष्ट पारेका थिए ।
राजनीतिक संवाद थालनीका संयोजक संगीत श्रोताले बर्तमान समस्याकाे निकासका लागि क्रान्तिकारी कम्युनिष्टहरूका बीच यस्ताे अन्तरसम्बादकाे थालनी हुनु उपयाेगी कुरा हाे भनेका थिए ।
कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका बरिष्ठ नेता सीपी गजुरेल, संचालन प्रवक्ता धर्मेन्द्र वास्तोला र स्वागत केन्द्रीय कार्यालय सदस्य रामसिंङ श्रीसले गरेका थिए ।कार्यक्रममा शहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता सीपी गजुरेलले अध्यक्षता गरेकाे साे कार्यक्रमकाे सञ्चालन पार्टीका प्रबक्ता धमेन्द्र बाँस्ताेलाले गरेका थिए भने स्वागत केन्द्रिय कार्यालय सदस्य रामसिंह श्रीषले गरेका थिए ।
नेपालपत्र संवाददाता