आइतबार, आश्विन १८ गते २०८३

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन आदेश


मंसिर २१, २०८० बिहीबार
एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं । आज पाटन उच्च अदालतले एनसेलको शेयर खरिद विक्री सम्बन्धी काम विद्यमान कानून बमोजिम भए नभएको निर्क्यौल गर्नु पर्ने भन्दै तत्काल सो कारोबार रोक्न र खरिदबिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्न अन्तरिम आदेश दिएको छ ।

 दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी उच्च अदालत पाटनले कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा बिहीबारको सुनुवाइपछि यस्तो आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।

मंसिर २५ को बहसपछि अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई जारी राख्ने वा अन्य आदेश जारी गर्ने भन्ने निर्णय गर्नेछ। मलेसियाली कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो।

सो विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले सेयर खरिद–बिक्रीको कारोबारलाई मान्यता नदिन भन्दै उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
पाटन उच्च अदालतकाे आदेश यस प्रकार छ :

Aadeh.pngAadesh2.png